निर्वाचनपछि देश समृद्धितर्फ बढ्छ : राष्ट्रपति

निर्वाचनपछि देश समृद्धितर्फ बढ्छ : राष्ट्रपति

गोरखा : राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले देशलाई समुन्नतितिर लैजाने बताएकी छन् । पालुङ्टारस्थित भवानी बहुमुखी क्याम्पसमा आइतबार शैक्षिक तथा धार्मिक महोत्सवको उद्घाटनपछि राष्ट्रपति भण्डारीले यस्तो विश्वास व्यक्त गरेकी हुन् ।

 ‘यी सबै निर्वाचन सम्पन्न भइसक्दा नेपालको लोकतान्त्रिक प्रणाली र राज्य पुनःसंरचना प्रक्रियामा महत्वपूर्ण इतिहास रचिने विश्वास व्यक्त गर्न चाहन्छु', उनले भनिन्, ‘अब हामीले संविधानले अंगीकार गरेको सामाजिक न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माणको ऐतिहासिक कार्यभार पूरा गर्न ढिला गर्नुहुँदैन । आर्थिक विकासलाई तीव्रता दिन हामी पछि पर्नुहुँदैन ।'

उनले मुलुकको समृद्धिका लागि सबैको साथ र सहयोग रहनुपर्ने धारणा व्यक्त गरिन् । उनले पालुङ्टारलाई सरकारले स्मार्ट सिटी बनाउन लागेको उल्लेख गर्दै यसमा स्थानीय बासिन्दाको उत्साहको प्रशंसा गरिन् । सहरीकरणसँगै शिक्षा, स्वास्थ्य र पर्यटन विकासलाई जोड दिँदै बृहत्तर गुरुयोजना तयार गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

राष्ट्रपतिका साथ नेताहरू डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, वाचस्पति देवकोटा र कमला पन्त पालुङ्टार पुगेका थिए । क्याम्पसलाई नमुना शैक्षिक संस्था बनाउन आठदिने महोत्सव आयोजना गरेको गोरखा लिगलिग पालुङ्टार भवानी शैक्षिक तथा धार्मिक महोत्सव मूल आयोजक समितिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.