कांग्रेस नेता गुरुङ प्रतिनिधि सभाका लागि सिफारिस
महोत्तरी: नेपाली कांग्रेसका युवा नेता कल्याण गुरुङ प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन्। महोत्तरीको निर्वाचन क्षेत्र नं १ बाट गुरुङको नाम सिफारिस भएको हो ।
कांग्रेस केन्द्रीय सदस्य गुरुङको नाम पहिलो नम्बरमै सिफारिस भएको हो। उनी नेविसंघका पूर्व केन्द्रिय अध्यक्ष समेत हुन्। पार्टीभित्र बैचारिक नेता र जनमत पनि राम्रो भएका कारण कांग्रेसबाट उम्मेदवार बन्ने उनको सम्भावना बलियो छ।