मन्त्रिपरिषद्को बैठक सिंहदरवारमा जारी
काठमाडौं: मन्त्रिपरिषद्को बैठक अहिले सिंहदरवारमा जारी छ। बिहान दश बजेदेखि सुरु भएको मन्त्रिपरिषद्को बैठकले प्रदेश राजधानी र प्रदेश प्रमुख तोक्ने सम्भावना रहेको बताइएको छ।
प्रदेश र प्रतिनिधि सभाको निर्वाचन नजिकिदै गर्दा पनि सरकारले प्रदेश राजधानी भने तोक्न सकेको छैन। प्रदेश राजधानी कहाँ बनाउने भन्नेबारे दलहरुबीच विवाद कायमै छ।