संसदीय बोर्ड गठन गर्दै कांग्रेस

संसदीय बोर्ड गठन गर्दै कांग्रेस

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। दिउँसो १ बजे सुरु भएको बैठकले संसदीय बोर्ड गठन गर्ने कांग्रेसले जनाएको छ। आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार चयन गर्न संसदीय बोर्ड गठन गर्न लागिएको हो। कांग्रेसमा संसदीय बोर्डले उम्मेदवार चयन गर्ने गर्दछ।

यस्तै  लोकतान्त्रिक गठबन्धनमा आवद्ध दलहरुबीच आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा सीट बाँडफाँडका साथै सरकार पुनर्गठनका बारेमा छलफल हुने कांग्रेसका नेता एनपी साउँदले बताए। यस्तै बैठकमा फोरम लोकतान्त्रिकसंग पार्टी एकता गर्नेबारे पनि छलफल हुने बताइएको छ।

सरकारमा सहभागि नेकपा माओवादो केन्द्रले प्रतिपक्षी दल नेकपा एमालेसंग चुनावी तालमेल गर्ने सहमति गरेपछि प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालार्इ माओवादी मन्त्री बर्खास्त गर्न पार्टीभित्र दवाव बढ्दै गएको छ।

माओवादी मन्त्रीलार्इ बर्खास्त गरेर लोकतान्त्रिक गठबन्धनमा आवद्ध दलहरुलार्इ सरकारमा सहभागि गराउनुपर्नेमा नेताहरुले जोड दिदै आएका छन्। प्रधानमन्त्री देउवाले राष्टिय प्रजातन्त्र पार्टीलार्इ सरकारमा सहभागि गराउने तयारी पनि थालेका छन्। तर सत्तारुढ दल माओवादीले भने सरकारलार्इ दिएको समर्थन यथावत् रहेकाले मन्त्री बर्खास्त नगर्न प्रधानमन्त्रीलार्इ आग्रह गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.