बारामा एमालेले चार, कांग्रेसले दुई क्षेत्रको नाम टुंगायो, माओवादी छलफलमा

बारामा एमालेले चार, कांग्रेसले दुई क्षेत्रको नाम टुंगायो, माओवादी छलफलमा

सिमरा : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि एमाले बाराले चार वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको नामावली सिफारिस गरेको छ । कांग्रेसले भने दुई वटा निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ । दुई वटा निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम सिफारिस गर्न कांग्रेस छलफलमा जुटिरहेको छ । नेकपा माओवादी केन्द्रले भने चार वटै निर्वाचन क्षेत्रमा नाम टुंगो लगाउन सकेको छैन् ।

यी हुन एमालेले सिफारिस गरेको नाम

नयाँ संरचना हुँदाँ ६ वटा निर्वाचन क्षेत्रबाट ४ वटा बनाइएको बाराको क्षेत्र नम्बर १ मा एमालेले प्रतिनिधिसभा सदस्यका लागि केन्द्रीय सल्लाहकार सदस्य अच्युत मैनाली, बारा क्षेत्र नम्बर ६ का सांसद पुरुषोत्तम पौडेल र प्रमिला चौधरीको नाम सिफारिस गरेको छ । सिफारिस गरिएका तीन जना मध्ये मैनालीले टिकट पाउन सक्ने सम्भावना बलियो रहेको एमाले नेताकार्यकर्ताले बताएका छन् । स्वच्छ छवि र सालिन नेताका परिचय बनाएका मैलानीले टिकट पाउनेमा एमाले नेताकार्यकर्ता ढुक्क देखिन्छन् ।

क्षेत्र नम्बर २ मा जिल्ला विकास समितिका पूर्व सभापति छठ्ठुप्रसाद यादवको नाम सर्वसम्मतले निर्णय गर्दै एमालेले केन्द्रमा सिफारिस गरेको छ । सांसद बलविर चौधरीले चुनाव नलड्ने घोषणा गरेपछि यादवको नाममा सर्वसहमती भएको हो । सर्वसम्मत निर्णय भएकाले २ नम्बरमा यादवले टिकट पाउने निश्चित भएको छ ।

क्षेत्र नम्बर ३ मा अध्यानन्द पाण्डे, बारा क्षेत्र नम्बर ६ का सांसद पौडेल र बिना खड्काको नाम सिफारिस भएको एमाले बाराले जनाएको छ । क्षेत्र नम्बर ३ मा सर्वसम्मत हुन नसकेपछि मतदान भएको थियो । मतदानमा एमाले नेता पाण्डेले १५, सांसद पौडेलले १० र शिवनारायण साहले ९ मत ल्याएका थिए।


क्षेत्र नम्बर ४ मा सांसद नेजमा आलम, एमाले बाराका उपाध्यक्ष देवनारायण चौधरी र विरेन्द्रप्रसाद यादवको नाम सिफारिस भएको छ । सांसद आलम बारा क्षेत्र नम्बर ४ बाट २०७० सालको निर्वाचनमा निर्वाचित भएकी थिईन् ।

प्रतिनिधि सभा र प्रदेश सभाको सदस्यका लागि नाम सिफारिस भएसँगै एमाले बारामा नया अनुहारलाई अवसर दिनुपर्छ भन्ने बहस चर्कोरुपमा उठ्न थालेको छ । केन्द्रले सधै एउटै व्यक्तिलाई टिकट दिने परिपाटीको अन्त्य गर्नुपर्ने एमाले कार्यकर्ताको भनाई छ । एउटै व्यक्तिलाई पटक पटक अवसर दिइरहँदा पार्टीमा लामो समयदेखि योगदान दिनेले अवसर नपाउने र स्थानियस्तरमा पनि पार्टीको लोकप्रियता घटदै जाने निष्कर्ष कार्यकर्ताको छ ।

कांग्रेसले दुई क्षेत्रको टुंगायो, माओवादी छलफलमा

 
एमालेले चार वटै निर्वाचन क्षेत्रबाट सम्भावित उम्मेदवारको सिफारिस गरिसक्दा नेपाली कांग्रेसले भने दुई वटा मात्रै क्षेत्रको टुंगो लगाएको छ । नेकपा माओवादी केन्द्रले भने अहिले सम्म कुनै पनि निर्वाचन क्षेत्रको उम्मेदवारको टुंगो लगाएको छैन् । कांग्रेसले बारा क्षेत्र नम्बर ४ मा पूर्वसभासद शोभाकर पराजुली र सुनिल गुप्ताको नाम पठाउने निर्णय गरी सिफारिस गरेको छ । पराजुली २०६४ सालको संविधान सभाको समानुपातिक सभासद हुन् ।
 
प्रदेश सभाका लागि ४(१) मा श्यामबाबु गुप्ता, ओम कार्की, कपिलदेव यादव, नारायण पण्डीतको नाम प्रदेश बिधायको लागि सिफारिस गरिएको कांग्रेस बाराले जनाएको छ । यसैगरी ४(२) मा लोकेश सिंह, बिजय गुप्ता र शिवशंकर पटेलको नाम प्रदेश बिधायकमा सिफारिस गरिएको छ । यसैगरी बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि श्रम मन्त्री फरमुल्हार मंसुर, सांसद लालबाबु सिंह र फुलमहमद धुनियाको नाम सिफारिस गरेको छ ।
 
बारा क्षेत्र नम्बर तीन बाट संविधान सभाको निर्वाचनमा निर्वाचित सांसद मंसुरले टिकट पाउने बलियो दाबेदारका रुपमा हेरिन्छन् । प्रदेश बिधायकतर्फ ३(१) मा शरदचन्द्र भट्टराई, रामानन्द यादव, मनोज भट्टलगायतको नाम सिफारिस भएको छ । ३ (२) मा कांग्रेस बाराका सभापति जयचन्द्र चौरसिया, तेजनारायण साह, अलिउतर रहमान, पंकज पाण्डेको नाम सिफारिस भएको कांग्रेसले जनाएको छ । कांग्रेसले क्षेत्र नम्बर १ र २ बाट नाम सिफारिस गर्नका लागि छलफल गरिरहेको छ । माओवादीले भने नाम टुंगाउनका लागि छलफलमा जुटिरहेको छ ।
 
 
 

प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.