एमाले सिन्धुलीले मतदानबाट उमेदवारको टुंगो लगायो

एमाले सिन्धुलीले मतदानबाट उमेदवारको टुंगो लगायो

सिन्धुली: आगामी मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावका लागि नेकपा एमाले सिन्धुलीले मतदान प्रक्रियाबाट उमेदवारको टुङ्गो लगाएको छ। करिब एक हप्तादेखि चलेको बैठकबाट आकाँक्षी विच सर्वसम्मत हुन नसकेपछि मतदान प्रक्रियाबाट उमेदवारको टुङ्गो लगाइएको एमाले सिन्धुलीका अध्यक्ष प्रदिप कटवालले बताए।

 

सहमति भएको क्षेत्रमा सर्वसम्मत र सहमति नजुटेको क्षेत्रमा मतदान प्रक्रियाबाट उमेदवारको टुङ्गो लगाइएको उनको भनाई छ।'सिन्धुलीको निर्वाचन क्षेत्र नम्बर दुई अन्तरगत रहेको प्रदेश सभा १ (क)का लागि आकाँक्षीहरु पाँच जना भएपछि उनिहरुविचबाट मतदान प्रक्रिया अपनाई धेरै मत ल्याउनेलाई उमेदवारको रुपमा सिफारीस गरिएको हो,' अध्यक्ष कटवालले भने।

दुई वटा प्रतिनीधि सभा क्षेत्र रहेको सिन्धुलीमा चारवटा प्रदेश सभा रहेका छन्। जस मध्ये दुई नम्बर क्षेत्र प्रतिनीधि सभा अन्तरगत रहेको प्रदेश सभा १ (क)का लागि एमालेबाट केन्द्रिय सल्लाहकार केशव देवकोटा, पार्टी जिल्ला सह-सचिव महेन्द्र देव श्रेष्ठ, जिल्ला कार्यसमिति सदस्य विनोद खड्का, वुद्धिजिवी संगठनका फाल्गुणी शर्मा र अनेमसंघकी पार्वती भट्टराईको दावि थियो।

उनिहरुमध्ये पार्वती भट्टराई महिलाको एक मात्र आकाँक्षी भएकोले स्वत सिफारिसमा परेकी छिन्। फाल्गुणी शर्मालाई प्रदेश सभा समानुपातिक उमेदवार वनाउने आश्वाशन दिइएपछि प्रतिस्पर्धामा केशव देवकोट, महेन्द्रदेव श्रेष्ठ र विनोद खड्का रहेका थिए।

उनीहरुविच दुई जना छनौट गर्न जिल्ला पार्टी कार्यालयमा मतदानमा गरीएको थियो । जस मध्ये महेन्द्रदेव श्रेष्ठले २०, केशब देवकोटाले २३ र विनोद खड्काले २६ मत ल्याएको निर्वाचन समितिका हरि पोख्रलेले बताए।

निर्वाचन पछि वढी मत ल्याउने खड्का र देवकोटा सिफारिसमा परेका छन्।मरिण, घ्याङलेक र हरिहरपुरगढी गाउपालिका मिलाएर वनेको प्रतिनीधि सभा निर्वाचन क्षेत्र नं. अन्तरगत रहेको प्रदेश सभा २(ख) मा नेकपा एमालले जिल्ला सचिव सुर्य पाख्रिनलाई सर्वसम्मत उमेदवार चयन गरेको छ।

दुधौली नगरपालिका र कमलामाई नगरपालिकाको वडा नं. ८,९,१०, १३ र १४ मिलेर वनेको प्रदेश सभा १ (क)मा एमालेले लक्ष्मण कार्कीलाई सर्वसम्मत सिफारिस गरेको छ भने तिनपाटन, फिक्कल र गोलञ्जोर गाउँपालिका मिलाएर बनाइएको प्रतिनीभि सभा क्षेत्र नम्बर १ अन्तरगतको प्रदेश सभा (ख) मा कुमारबहादुर कार्की(रामकुमार) लाई सिफासिर गरेको छ।

उता प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा वर्तमान संसद गणेश पहाडी र पार्टी जिल्ला अध्यक्ष प्रदिप कटुवालले उमेद्वारी पाउनु पर्ने दावि नछोडे पछि दुवैको नाम सिफारिस गरिएको एमाले सिन्धुलीले जनाएको छ । प्रतिनीधि सभा निर्वाचन क्षेत्र नं. २ बाट नेकपा एमालेले जिल्ला कमिटि सदस्य तथा सिलाई व्यवसायी संघ केन्द्रिय अध्यक्ष रामकृष्ण श्रेष्ठलाई उमेदवार वनाउन सर्वसम्मत सिफारिस गरेको छ।

यसैविच जिल्लामा नेकपा एमालेसंग चुनावी गठबन्धन गर्ने सहमति जनाएको माओवादी केन्द्रले भने हालसम्म उमेदवारको टुङ्गो लगाउँन सकेको छैन्। शनिवार जिल्ला कमिटिको बैठक बसी नेता कार्यकर्ताको सुझाव लिएको र अव कार्यालयको बैठक बसी निर्णय लिने उमेदवारहरुको टुङ्गो लगाउने तयारी भइरहेको जिल्ला इन्चार्ज विषमलाल अधिकारी दनुवारले जानकारी दिए।

नेपाली कांग्रेसले भने आफ्ना प्रतिनीधि सभा क्षेत्र नम्बर दुईबाट नेता नरेन्द्रजंग थापाको नाम सर्वसम्मत सिफारीस गरेको छ भने अन्य उमेदवारको टुङ्गो लगाउँन सकेको छैन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.