'पार्टी एकता माओवादीको एमालेकरण र एमालेको माओवादीकरण होइन'

'पार्टी एकता माओवादीको एमालेकरण र एमालेको माओवादीकरण होइन'

काठमाडौँ: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड'ले नयाँ राजनीतिक संस्कार स्थापना गरी मुलुकको आर्थिक र सामाजिक विकासका लागि नै कम्युनिस्ट पार्टीबीच एकता हुन लागेको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपालको केन्द्रीय स्कुलिङ कार्यक्रममा उनले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्तिबीच हुने पार्टी एकताले नयाँ विचारसहितको पार्टी बनाउने बताए।

उनले भने, “पार्टी एकता भन्नु नै एमाले, माओवादी केन्द्र र नयाँ शक्तिको विघटन हो। पुरानै अवस्थामा कोही पनि रहँदैनन्। नयाँ आधारमा नयाँ पार्टी बनाउने कुरा हो।” पार्टी एकता भन्नु नै माओवादी केन्द्रको विघटन भएको उनको भनाइ थियो।

अध्यक्ष दाहालले विगतको आफ्नो पार्टी हिजो मोटो मशाल विघटन नभएको भए एकता-केन्द्र बन्ने थिएन, एकता-केन्द्र विघटन नभएको भए माओवादी बन्ने थिएन भन्दै समयको मागअनुसार पार्टी बन्ने र एकीकृत हुने भएकाले यसलाई अन्यथारुपमा नलिन आग्रह गरे।

उनले समाजवादी क्रान्तिको अभिभारा पूरा गर्न विशाल शक्ति सञ्चयका लागि वाम तालमेल र एकताको प्रयास थालिएको बताउँदै यो एकताले देश परिवर्तका लागि ठूलो तागत सिर्जना हुने दाबी गरे। उनले भने, “पार्टी एकता माओवादीको एमालेकरण र एमालेको माओवादीकरण होइन। यो नयाँ आधारमा पार्टी बनाउने विषय हो।”

कार्यक्रममा माओवादीका नेता वर्षमान पुनले पार्टी एकता हुने विषयलाई सकारात्मकरुपमा अगाडि बढाएर देश र जनताको मन जित्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे। उनले कुनै पनि दुविधा नराख्न र पार्टीलाई गतिशील र प्रभावकारी बनाउन युवा शक्ति लाग्नुपर्नेमा जोड दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.