स्वास्थ्यमन्त्रीकै गृहनगरमा डेंगु परीक्षण किटको अभाव

 स्वास्थ्यमन्त्रीकै गृहनगरमा डेंगु परीक्षण किटको अभाव

बर्दिबास: स्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेललको गृह नगर महोत्तरीको बर्दिबासका सरकारी अस्पतालमा डेंगु रोग परीक्षण गर्ने किटको अभाव भएको छ। असोजको पहिलो सातादेखि छिटफुट रुपमा देखिएको डेंगुको संक्रमण बर्दिबासमा पछिल्लो समय महामारीको रुपमा फैलिदैं गएपछी किटको अभाव भएको हो।

 

बर्दिबास अस्पतालमा सोमबार १२ जनालाई चेक जाँच गरिएकोमा ५ जनमा डेंगुको संक्रमण फेला परेपछी महोत्तरीमा डेंगुबाट सक्रिमितको संख्या ५६ पुगेको छ। सरकारी अस्पतालमा किटको अभाव भएपछि डेंगु लागेको आफुलाई शंका लागेकाहरु निजी हस्पिटलहरुमा गएर स्वास्थ्य परीक्षण गराइरहेका छन्।

निजी हस्पिटलहरुमा आठ सयदेखि एक हजार तीन सय सम्म रुपैंया डेंगु परीक्षण गराए बाप्त तिर्नु परेको विरामीहरु बताउँछन्। बर्दिबास स्थित बर्दिबास अस्पताल, शुभ स्वस्तिक र जनसेवा हस्पिटलमा अहिले सम्म ज्वरो लागेर आएका दुई सय २२ जना मध्ये ८७ जनामा डेंगुको संक्रमण फेला परेको हो।

जसमध्य ५६ जना बर्दिबासका र अन्य डेंगु रोगबाट संक्रमितहरु सर्लाहको लालबन्दी, धनुषाको ढल्केवर र महेन्द्रनगरको रहेको अस्पतालले जनाएको छ।बर्दिबास नगरपालिको १, २, ३ र १४ नम्बर वडामा डेंगुको संक्रमण बढ्न थालेपछि स्थानीयहरु त्रस्ति बनेका छन्।

यी वडाहरुलाई सरोकारवलाहरुले डेंगु रोगको दृष्टिकोणले संकट गस्त क्षेत्र घोषणा गरेर जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंमसेवीका, प्रहरीप्रशासनले संयुक्त रुपमा जनचेतना मुलक अभियानसंगै डेंगुको संक्रमण फैलाउने लामखुट्टे र त्यको लार्भाको ‘सर्च एण्ड डिस्ट्रोई ’ कार्य जारी रहेको बर्दिबास नगरपालिका मेयर विदुरकुमार कार्कीले बताए।

डेंगु रोग लागेको शंका लागेर अस्पतालमा चेकजाँच गराउन आएकाहरुलाई स्वास्थ्य परीक्षण गर्न सरकारी अस्पतालमा किटको अभाव रहेको ल्यावटेक्निसियनहरुले जनाएको छ। 'बर्दिबास सरकारी अस्पतालमा दिनहुँ डेंगुको शंका लागेर एक सयको हाराहारीमा आउँछन्।

तर डेंगुको किट भने कोटा अनुसार आउँछ,' बर्दिबास अस्पतालका ल्याव टेक्निसियन मनोज मिश्रले भने,‘हामीसंग किट प्रयाप्त छैन। विरामीहरुले हामीसँग बाँज्झन आउँछन्। हामीलाई अस्पतालमा प्रहरीको सुरक्षाको महसुस हुनथालेको छ।'

बर्दिबास अस्पतालमा असोज १८ गते यता दुई ७८ जना डेंगु रोगको शंका लागेर स्वास्थ्य चेकजाँचको लागी अस्पताल पुगेका छन् । अस्पतालमा केन्द्रबाट दुई चरणमा ८० वटा डेंगु परीक्षण गर्ने किट पठाइएको थियो । जस मध्य सोमबार सम्ममा ५८ वटा किट सकिसकेको छ।

अब अस्पतालमा जम्मा २२ वटा किट मात्र बाँकी रहेको प्रशासन तथा स्टोर पाँटका राजेश देवकोटाले बताए।अस्पतालका ल्यावटेक्निसियन मनोज मिश्रले डेंगु रोगको परीक्षणको लागी चारदेखि पाँच हजार किटको आवश्यकता रहेको बताए।

उनले भने,‘किट प्रयाप्त मात्रमा भएमा डेंगुको शंका लागेकाहरुलाई राम्रोसंग स्वास्थ्य परीक्षण गर्न सक्छौं । हामीले चाहे जस्तो परिणाममा किट नपाएकोले परीक्षणमा समस्या नै छ।'

प्रायाप्त परिणाममा किटको व्यवस्थाको लागी सोमबार बर्दिबास नगरपालिका मेयर स्वास्थ्यमन्त्रिलाई भेट्न कठमाण्डौं पुगेका छन् । यता स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नागेन्द्र यादवका अनुसार, देशभरीमा डेंगु परीक्षणको लागि तीन सय किट आएको थियो । हामीलाई ८० वटा प्राप्त भयो । केन्द्रमा किटको माग गरिएको छ।

बर्दिबासमा चार सय भन्दा बढीमा डेंगुको संक्रमण भइसकेको तर उनीहरु अझै अस्पतालमा आउन नसकेको अनुमान गरिएको मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौंडाका क्षेत्रिय निर्देशक डा. बासुदेव पाण्डेयले बताए। उनले भने,‘ डेंगुको निजी वा सरकारी अस्पतालमा निःशुल्कमा हुन्छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.