विश्व शेर्पा भेलामा देशको चिन्ता

 विश्व शेर्पा भेलामा देशको चिन्ता

काठमाडौं: चार दशकदेखि बेलायतमा बस्दै आएका आङकलजङ शेर्पाका छोरासँग केही सोध्दा उनी अंग्रेजीमा जवाफ दिन्छन्। पारिवारिक बोलचालमा शेर्पा भाषाको कुरै छाडौं नेपालीसमेत बोल्न नजान्दा चिन्तित छन् उनी। रोजगारीका क्रममा सन् १९८५ देखि बेलायत बस्दै आएका आङकलजङका परिवारजस्तै करिब २ सय परिवारले आफ्नो मौलिक संस्कार, भाषा, संस्कृति, परम्परा बिर्सिइसकेका छन्।

 

१० वर्षयता अमेरिका बस्दै आएका पत्रकार आङछिरिङ शेर्पा पनि आफ्ना साना दुई छोराले नेपालीपन र भाषा, संस्कार, संस्कृति बिर्सिएलान् भन्ने चिन्तामा छन्। तेस्रो मुलुकमा बसेर काम गर्दा मौलिकता हराउने भएकाले नेपालीपन संरक्षणका लागि पहल गर्न आङछिरिङले विश्व शेर्पा भेला सुरु गरे।

४ वर्षको छलफलपछि आइतबारदेखि काठमाडौंमा तीनदिने विश्व शेर्पा सम्मेलन सुरु भएको छ । बिदेसिएका अधिकांशले आफ्नो देश, संस्कार संस्कृति, भाषा र मौलिकता भुलेकाले यसको संरक्षणका लागि भेला आयोजना भएको प्रचारप्रसार संयोजकसमेत रहेका शेर्पाले बताए।

तेस्रो देशमा पुग्दा त्यस देशको धर्मको प्रभावले धर्म परिवर्तन, भाषिक कठिनाइ हुनु, शरणार्थी भएर पुग्दा जात नै परिवर्तन गर्ने गरेको, जातीय भाषा, धर्म, संस्कृति लोप हुने गरेकाले संरक्षण गर्न भेला आयोजना गरिएको उनले बताए।

भेलाका संयोजक रहेको शेर्पा संघका अध्यक्ष आङदोर्जी शेर्पा आफ्नो जातिको जीविकोपार्जनमा हिमालको भूमिका महत्वपूर्ण भएकाले संरक्षण संवद्र्धन गर्न भेलामा मुख्य छलफल भइरहेको बताए। सोमबार विषयगत कार्यपत्रमाथि छलफल गरी मंगलबार घोषणापत्र जारी गरिने संयोजक शेर्पाले बताए।

भेलाले नेपालको विकासमा लगानी थप गर्न शेर्पाहरूले भूमिका प्रस्ट गर्ने जनाएको छ। शिक्षा, स्वास्थ्य र राजनीतिक क्षेत्रमा शेर्पाको उपस्थिति बढाउन विश्व सञ्जालले सहयोग गर्ने लक्ष्य राखेको छ।

नेपालीपन र आफ्नो मौलिकता बिर्सिने भएकाले यसको संरक्षण गर्न विश्व शेर्पा सञ्जालसमेत भेलाले गठन गर्ने भएको छ। हिमालमै बस्ने भए पनि शेर्पाको हिमालसँगको प्रत्यक्ष सम्बन्ध सन् १९२२ देखि जोडिएको पाइन्छ।

शेर्पा जाति र पर्वतारोहण पर्यायवाचीका रूपमा चिनिए पनि पछिल्लो समय हिमालमा सयौं शेर्पाले अकालमै ज्यान गुमाउनुपरेको भन्दै प्रभावकारी उद्धार व्यवस्था गर्न राज्यसँग विश्वभर रहेका शेर्पाहरूले भेलामा माग गरेका छन्।

भेलामा अमेरिका, बेलायत, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, भारतलगायत २१ देशका शेर्पा सहभागी छन् । शेर्पा संघ पोर्चुगलका उपाध्यक्ष कामाछिरिङ शेर्पाले हिमालमा शेर्पाहरूले गरेको दुःखको उचित सम्मान राज्यले नगरेको बताए। जीवन त्यागेर देशको अर्थतन्त्रमा टेवा पुर्‍याउन शेर्पाहरूले काम गरेकाले सुरक्षा र उद्धारमा सहयोग गर्न माग गरे।

विश्व कीर्तिमान बनाउँदै बिदेसिने क्रम बढेको भन्दै शेर्पाहरूले आफ्नो देशको सम्मान गर्न सबैसँग भेलाले अनुरोध गरेको थियो। हिमालमा देखाएको बहादुरी, लगनशीलता र इमानदारीले शेर्पाको इज्जत र हैसियत माथि उठाएको छ। पछिल्लो समय हिमाल आरोहणमा केही गल्ती कमी कमजोरी र नियतवश नकारात्मक काम पनि भएको भन्दै यस्ता कुरा सच्याएर शेर्पा समाज अघि बढ्नुपर्ने विषयमा भेलामा बहस भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.