नमुना पर्यटकीय थलो बन्दै धनुषाधाम वन

नमुना पर्यटकीय थलो बन्दै धनुषाधाम वन

जनकपुरधामः तीन वर्ष पूर्वसम्म अतिक्रमणको चपेटमा परि मासिदैं गएको धनुषाधाम वनक्षेत्र हाल नमुना पर्यटकिय थलोको रुपमा पहिचान बनाउन थालेको छ।धनुषाधाम नगरपालिकामा पर्ने धनुषाधाम संरक्षित वन हाल पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको छ। चुरे विनासका कारण तराईका वनहरु मासिंदै गएको बेला वन कर्मचारीहरुको पहल तथा स्थानीयवासीहरुको सहयोगमा २०६९ सालमा संरक्षित वन घोषणा गरिएको हो। सहरभन्दा टाढा ३ सय ६० हेक्टर क्षेत्रफलमा फैलिएको यो वनलाई २०७१ सालदेखि नेपाल सरकारले चरिचरण निशेधित घोषणा गरेको हो।

 

चुरे विनासका कारण तराईका वनहरु मासिंदै गएको बेला वन कर्मचारीहरुको पहल तथा स्थानीयवासीहरुको सहयोगमा २०६९ सालमा संरक्षित वन घोषणा गरिएको हो। सहरभन्दा टाढा ३ सय ६० हेक्टर क्षेत्रफलमा फैलिएको यो वनलाई २०७१ सालदेखि नेपाल सरकारले चरिचरण निशेधित घोषणा गरेको हो।

तीन वर्षपूर्वसम्म काठतस्करहरु र स्थानीयवासीहरुले रुख कटान गरेर मासिंदै गएको वन अहिले हरियो र घना बन्दै गएको सहायक वन अधिकृत शंकरनारायण झाले बताए।वन क्षेत्रबाट नजिकैं रहेको गाउँहरुका जनतामा जनचेतना अभिवृद्धि गरिएपछि विगत तीन वर्षदेखी एउटा पनि रुख कटान नभएको झाले सुनाए।

हाल राष्ट्रपति चुरे संरक्षण योजनाबाट वन क्षेत्रमा विभिन्न पर्यटकीय स्थल निर्माण तथा भ्युटावर लगायतको निर्माण समेत गरिएको र वनभित्रै रहेको करिब ३ हेक्टर क्षेत्रफलमा फैलिएको ताललाई समेत व्यवस्थीत गरेर डुंगामा घुमफिरको वातावरण समेत बनाउने काम भईरहेको छ।

वनक्षेत्रलाई विशेष गरि जुलोजिकल पार्कको रुपमा स्थापना गरि त्यसमै वनस्पति उद्धान निर्माण र जैविक विविधताको संरक्षणको लक्ष्य लिएर काम अघि बढाईएको हो। वनमा निलगाई, चितुवा, सर्प, विभिन्न प्रकारका पुतली, चराहरु र अन्य जिवजन्तुहरु पनि देखिने गरेको हुनाले पर्यटकहरुको आकर्षण यसमा बढेको हो।

वनमा पशुपन्छी संरक्षणका लागि विशेष योजनाहरु अघि ल्याईएको र चांडैनै चिडियाखानाको निर्माण पनि गरिने वनसंरक्षणमा लागेका देवनारायण मण्डलले बताए।पर्यटकहरु वनक्षेत्र अवलोकन भ्रमणको लागि आएपनि राम्रो बसोबास र खानपिनको व्यवस्था नभएको कारण उनीहरुलाई समस्या आउने गरेकोले त्यस तर्फ पनि व्यवसायीक रुपमा लगानी गर्न सर्वसाधारणलाई प्रोत्साहित गर्ने काम भईरहेको मण्डलले सुनाए।

रामायणमा उल्लेख भएअनुसार भगवान रामले सीता स्वम्बरमा शिवको धनुष भाँच्दा एउटा टुक्रा उछिटिएर यसै वनमा झरेको र हालपनि सो टुक्राको अवशेष यहाँ भएको हुनाले यस क्षेत्रको नाम धनुषाधाम राखिएको हो।

अहिले पनि धनुषाधाममा धनुष मन्दिर रहेको छ जहाँ दैनिक रुपमा सयौं श्रद्धालुहरु दर्शन गर्न आउने गर्दछन् । त्यसैगरी अहिले संरक्षित वन पनि पर्यटकहरुको लागि आकर्षणको केन्द्र बनेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.