घिमिरे सचिवमा बढुवा, एक सचिव थपियो

घिमिरे सचिवमा बढुवा, एक सचिव थपियो

काठमाडौं : सरकारले उपराष्ट्रपति कार्यालयका कामु सचिव लालशंकर घिमिरेलाई सचिवमा बढुवा गरेको छ। लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षताको सचिव बढुवा सिफारिस समितिले वरिष्ठ सहसचिव घिमिरे, अनिलकुमार ठाकुर र शंकर पाठकलाई सचिवका लागि सिफारिस गरेको थियो।

सरकारले सिफारिस गरिएका तीनमध्ये सबैभन्दा वरिष्ठ घिमिरेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। घिमिरेलाई सचिवमा बढुवा गरी उपराष्ट्रपति कार्यालयमै पदस्थापना गरिएको छ।

महालेखा नियन्त्रक राजेन्द्रप्रसाद नेपाल सेवानिवृत्त भएपछि एक सचिव पद रिक्त रहँदै आएको थियो। सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा एक सचिव पद सिर्जना गरेको छ। सरकारले आयोगको दरबन्दी स्वीकृत गर्दै पद सिर्जना गर्ने निर्णय गरेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.