सर्वोच्चमा तीन न्यायाधीश नियुक्त

सर्वोच्चमा तीन न्यायाधीश नियुक्त

काठमाडौं: सर्वोच्च अदालतमा मंगलबार तीनजना न्यायाधीशक नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बमकुमार श्रेष्ठ, डम्बरबहादुर शाही र टंकबहादुर मोक्तानलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरिएको हो।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता कृष्णमुरारी न्यौपानेका अनुसार नियुक्तिलगत्तै राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल पराजुलीले न्यायाधीशहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका छन्। यसअघि न्यायाधीश भण्डारी उच्च अदालत तुलसीपुरमा, शाही उच्च अदालत सुर्खेतमा र मोक्तान उच्च अदालत पाटनमा मुख्य न्यायायाधीश थिए।

संसदीय सुनुवाई विशेष समितिबाट अनुमोदनपछि नियुक्ति र सपथ भएको हो। यसअघि न्याय परिषदले सर्वोच्चको न्यायाधीशमा सिफारिसको निर्णय गरेको थियो। यी सहित अब सर्वोच्चमा २० न्यायाधीश भएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.