प्रयोगशाला उद्घाटन गर्न राष्ट्रपति जुम्लामा

प्रयोगशाला उद्घाटन गर्न राष्ट्रपति जुम्लामा

जुम्लाः राष्ट्रपति विद्यादेवी भण्डारी आज कर्णालीको जुम्ला आउने तयारी छ । चन्दननाथ माध्यमिक विद्यालयमा निर्माण सम्पन्न भएको विज्ञान प्रयोशाला उद्घाटनका लागि आउने नेकपा एमालेका पूर्व पर्यटन तथा संस्कृति मन्त्री बलबहादुर महतले जानकारी दिए ।

 आफ्नो जीवनमा र राष्ट्रपति भएपछि नै पहिलो पटक जुम्लामा आउने भण्डारीले जिल्लाकै नमूना विद्यालय चन्दनाथको अवलोकनका साथै हालसालै निर्माण सम्पन्न भएको विज्ञान प्रयोगशालाको उद्घाटन गर्ने कार्यक्रम रहेको चन्दननाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक टंकबहादुर महले जानकारी दिए ।

निकै व्यवस्तताका बाबजुत पनि दुई घण्टाको विशेष समय लिएर राष्ट्रपति भण्डारी हेलिकोप्टरमार्फत जुम्ला आउने कार्यक्रम तय भएको प्राधानाध्यापक महतको भनाई छ । भण्डारी राजधानीबाट हेलोकोप्टमार्फत यात्रा गरिसेकेको र पोखरा हुँदै जुम्ला पुग्ने कार्यक्रम रहेको छ ।

पहिलो पटक आउने भण्डारीको स्वागतका लागि भव्य तयारी गरिएको छ । भण्डारी अहिले साढे नौ बजे जुम्ला पुग्ने र कर्णालीकै ऐतिहासिक चन्दननाथ मन्दिरको दर्शन समेत गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति दर्शनका लागि आउने भएपछि विगत लामो समयदेखि सफा नगरिएको मन्दिर परिसरमा सरसफाई गरिएको छ । यस्तै, विगत दुई महिनादेखि उठाउन नसकेको बजार क्षेत्रको फोहोर समेत राष्ट्रपतिको स्वागतका लागि आज सबै सफाई गरिएको छ ।

राष्ट्रपतिको सुरक्षा व्यवस्था कडाई पारिएको छ । सदरमुकामका विभिन्न नाकाहरुमा र मन्दिर तथा कार्यक्रम हुने विद्यालयको परिसरमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । नेपाली सेना, प्रहरी लगायतले सुरक्षा घेरा बनाएका छन् । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत प्रयोगशाला निर्माण गरिएको र यसको उद्घाटनपछि जिल्लामा माध्यमिक क्षेत्रको शैक्षिक गुणस्तरमा निकै सुधार आउने महतको विश्वास रहेको छ । विद्यालयसँग भएको पुराना सामग्री र केही खरिद गरिएका सामग्रीहरु जम्मा पारेर प्रयोगशाला तयार पारेको विद्यालयले जनाएको छ ।

माध्यमिक विद्यालयहरुमा कर्णालीकै एकमात्र विज्ञान प्रयोगशाला अब चन्दननाथ पहिलो हुने भएको छ । चन्दननाथ माध्यमिक विद्यालयमा अध्यापन भइरहेको विज्ञान विषयका विद्यार्थीहरुका साथै जिल्लाभरीका विद्यार्थीहरुले उक्त प्रयोगशालाको निरीक्षण गर्नेसक्ने प्रधानाध्यापक महतको भनाइ छ । पहिलो प्रयोगशाला ३६ लाख निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको लगानीबाट सुरु भएको हो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.