रेखाको सुन्दरताको रहस्य

रेखाको सुन्दरताको रहस्य

मुम्बई : बलिउड अभिनेत्री रेखाको ‘एजलेस ब्युटी’ लाई ६३औं जन्मदिनले पनि कुनै असर गर्न सकेन । ६३ वर्षमा प्रवेश गर्दै गर्दा पनि उनले पछिल्लो समयका अभिनेत्रीहरूलाई चुनौती दिएकी छन् । उनको अघिल्तिर उनको आधा उमेरका अभिनेत्रीहरू पनि ओझेल पर्छन् ।

उमेरले जित्न नसकेको उनको सुन्दरता भगवान्बाट यत्तिकै पाएको वरदान होइन । यसको लागि उनले जीवनलाई कडा अनुशासन चलाएकी छन् । शरीर स्वस्थ भएमात्र सुन्दरता कायम रहने हो । रेखा खानपानमा धेरै विचार गर्छिन् । उनको खानामा फास्ट फुड कहिल्यै पर्दैन । भोकै पनि बस्दिनन् । सही समयमा उपयुक्त भोजन गरेमात्र स्वस्थ रहन सकिने उनको मान्यता छ ।

 

खानामा तरकारी, फलफूल र जुस बढी प्रयोग गर्छिन् । दिनमा कम्तीमा आठ ग्लास पानी पिउँछिन् । तन, मन दुवैलाई सुन्दर बनाउने महत्वपूर्ण कार्य योग प्राणायाम रेखाको दैनिक तालिकाको महत्वपूर्ण पाटो हो । जतिसुकै व्यस्त समयमा पनि उनी योग गर्न छुटाउँदिनन् । सक्रिय जीवन शैलीले उनलाई सधैं ऊर्जावान् बनाइरहन्छ ।

अनुहारमा चमक ल्याउन कुनै बजारिया सौन्दर्य प्रसाधन प्रयोग गर्दिनन् । चलचित्रमा आफ्नो मेकअप आफैं गर्छिन् । कुनै पार्टी वा कार्यक्रम जाँदा आफैं तयार हुन्छिन् । उनको मेकअप शैली अरूभन्दा भिन्न छ । बलिउडका अन्य अभिनेत्रीले सुख्खा र टेलकम मेकअप गरिरहँदा रेखाले तैलीय मेकअपलाई चलचित्र उद्योगमै पहिलो पटक चिनाइन् ।

रेखाको आकर्षक स्टाइलले धेरैको मन भुतुक्क बनाउँछ । आफूलाई सुहाउँदो पहिरनमात्र लगाउँछिन् । यसको लागि उनी अरूको सहारा खोज्दिनन् । प्रायः औपचारिक कार्यक्रममा बनारसी सारी र सुन्दर गहनामा सजिएर पुग्ने रेखा जिन्स पनि आफू सुहाउँदो पहिरन ठान्छिन् । हरेक कार्यक्रममा पुग्दा आकर्षणको केन्द्र बनेर पुग्ने रेखाको वचस्र्व बलिउडमा ४० वर्षदेखि उत्तिकै देखिन्छ । केहीले उनको सुन्दरतालाई रहस्यमयी पनि भन्ने गर्छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.