अब निर्मात्री अशिष्मा

अब निर्मात्री अशिष्मा

काठमाडौं : अभिनेत्री अशिष्मा नकर्मीले नयाँ परिचय थपेकी छन् । अब उनको परिचयमा ‘निर्मात्री’ शब्द पनि थपिने भएको छ । अशिष्माले नेपाल भाषाको चलचित्र ‘लाखे भाजु’ निर्माण गर्ने भएकी हुन् ।

मंगलबार राजधानीमा चलचित्र निर्माणको घोषणा भएको छ । नेवार समुदायको नयाँ वर्ष नेपाल संवत् नजिक आइरहँदा नेवार चलचित्र निर्माणको घोषणा भएको हो । नेवार समुदायको परम्परागत लाखे नाचमा आधारित चलचित्रमा एक युवाको प्रेमकथा समेटिनेछ । अशिष्माले पहिलेदेखि ऐतिहासिक चलचित्र निर्माण गर्ने इच्छा व्यक्त गर्दै आएकी थिइन् । उनको यो रहर बल्ल पूरा हुने भएको छ ।

 

नेवार समुदायको पाटो महत्वपूर्ण संस्कृति लाखे नाचको ऐतिहासिक कथा भएकाले यो चलचित्रले उनलाई आकर्षित गर्‍यो । नेपाली चलचित्रमा चार वर्षको अनुभव भए पनि नेपाल भाषाको चलचित्रमा उनले काम गर्न थालेको ११ वर्ष भइसक्यो । भनिन्, ‘अब नेपाल भाषाको लागि योगदान गर्ने बेला भयो, त्यसैले चलचित्र निर्माण गर्न लागेकी हुँ ।’ केही वर्षयता अभिनेत्रीहरूले चलचित्र निर्माणमा रुचि देखाउन थालेका छन् । यसअघि अभिनेत्रीहरू रेखा थापा, झरना थापा, निशा अधिकारी, दीपा श्री निरौलालगायतले चलचित्र निर्माण गरिसकेका छन् ।

अशिष्माले चलचित्रमा मुख्य भूमिका निभाउनेछिन् । चलचित्रमा ‘लाखे भाजु’ मा सोहित मानन्धर, मदनदास श्रेष्ठ, नगिना जोशी, कृष्णभक्त महर्जनलगायतका कलाकारको अभिनय रहनेछ । अशिष्माका गुरु आर्यम नकर्मीले चलचित्र निर्देशन गर्नेछन् । ५० लाख रुपैयाँको लागतमा बन्ने चलचित्रको कथा पनि आर्यमले लेखेका हुन् । नरेन्द्र महर्जन, गोपालकाजी कायस्थ, चिजकुमार श्रेष्ठ, सुन्दर राजभण्डारी र दीपक श्रेष्ठको साथले चलचित्र निर्माताको रूपमा प्रस्तुत हुन लागेको बताइन् । संसारभरि छरिएर बसेका नेपालीले आफ्नो जात र संस्कृतिलाई खोज्न थालेका छन् । युरोप र अमेरिकामा चलचित्र ‘लाखे भाजु’ को प्रदर्शन लिइसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.