धरापमा परेको देउवा सरकारलाई समर्थन गरेको हुँ : कमल थापा

धरापमा परेको देउवा सरकारलाई समर्थन गरेको हुँ : कमल थापा

बुटवल : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धरापमा परेको सरकारलाई बचाउनका लागि समर्थन गरेको बताएका छन्। माओवादी केन्द्रले एमालेसंग तालमेल गर्दा सरकार शेरबहादुर देउवा नेत्वकाे सरकार अल्पमतमा परेकाले निर्वाचन गर्नका लागि मात्रै समर्थन गरिएको स्पष्ट पारेका हुन्।

बुटवलमा बुधबार रिपोर्टस नेपालले गरेको साक्षात्कारमा बोल्दै थापाले निर्वाचन मंसिरमै हुने सुनिश्चितताका लागि सरकारको समर्थन भएको उनले बताए। ‘सरकारमै सहभागी हुने विषयमा टुंगो छैन’, उनले भने, ‘सरकारलाई समर्थन गर्दा पार्टीको सिद्धान्त र आदर्शलाई छाडेका छैनौ।’


उनले आवश्यकताका आधारमा सरकारमा सहभागी हुन सकिने सम्भावना समेत रहने बताए।
वाम एकता भएकाले प्रजातन्त्रवादीहरु धु्रविकरण हुनु स्वभाविक भएको भन्दै नेता थापाले प्रजातन्त्रको रक्षा र आर्थिक समृद्धिका लागि चुनावी तालमेल भएको बताए।

लोकतान्त्रिक शक्तिबीच तालमेल भए पनि सिट संख्याको बिषयमा टुंगो नलागेको थापाको भनाइ छ। भागवण्डामा आफूले पाएको क्षेत्रमा चुनाव जितेरै छाड्ने उनले दाबी गरे। ‘हाम्रो हैसियत हामीलाई थाहा छ, त्यसै अनुरुप सिट पाउछौं,’ उनले भने।

राप्रपाले वाम एकतालाई सकारात्मक रुपमा लिएको थापाको भनाइ छ। आफू पार्टी विभाजनको पीडामा रहेकाले पार्टी एकता हुनुलाई नकारात्मक मान्न नसकिने भन्दै उनले एमाले र माओवादीको एकताको प्रयोजन र प्रभाव हेरेरमात्रै विश्लेषण गरिने बताए।

दुई कम्युनिष्ट मिल्दैमा आत्तिनु र विचलिन हुनुपर्ने कारण नभएको उनको भनाइ छ। ‘नेपालमा कम्युनिष्ट शासन सम्भव छैन, प्रजातान्त्रिक अभ्यासमा रहे मुलुकमा राजनीतिक स्थिरता हुनेछ, यो सकारात्मक कुरा हो’, उनले भने।

दुई राप्रपाको एकीकरण भने हल्ला मात्रै भएको उनले स्पष्ट पारे। पार्टी विभाजनको दोष पशुपति शम्सेरलाई थोपर्दै उनले भने, ‘पशुपतिजीले गम्भीर गल्ती गर्नुभयो, जसले राप्रपा वैकल्पिक शक्तिका रुपमा उभिनबाट चुक्यो।’

प्रतिनिधी सभाको निर्वाचन सार्न नहुने भन्दै उनले सरकारको सहजताका लागि भने एकै समयमा गर्न सकिने बताए। उनले मंसिरमा हुने निर्वाचनसंगै हिन्दुराष्ट्रको विषयमा पनि जनमत संग्रह समेत हुनुपर्ने माग अघि सारेका छन्।

पार्टीका अञ्चल अगुवाकार्यकर्ता भेलामा सहभागी हुन थापा बुधबार रुपन्देही आएका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.