सिलिन्डर पड्किँदा दुई घाइते

सिलिन्डर पड्किँदा दुई घाइते

पोखरा : ग्यास फेर्न लाग्दा लेकसाइडकको एक घरमा सिलिन्डर पड्किएर बुधबार दिउँसो दुई जना घाइते भएका छन् । घरमै असर पर्ने गरी भएको बिस्फोटबाट घाइते प्रतीज्ञा पाण्डे र विकास नेपालीको गण्डकी शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको हात, खुटा र अनुहारमा आगोले पोलेको छ । गृहलक्ष्मी कम्पनीको ग्यास सिलिन्डर त्यसरी पड्किँदा उक्त दुर्घटना भएको कास्की प्रहरी प्रवक्ता डीएसपी खड्क खत्रीले जानकारी दिए ।

खत्रीका अनुसार लामो समयदेखि नबलेको ग्यास सिलिन्डर के भएको हो भनेर देखाउन पाण्डेले गृहलक्ष्मीकै कर्मचारी नेपालीलाई बुधबार डाकेकी थिइन् । नेपालीले रेगुलेटर आफूले चलाएर चुलो बाल्न भनेपछि उक्त दुर्घटना भएको पाण्डेले प्रहरीलाई बताएकी छन् । बिस्फोटकै कारण पाण्डेको डेराको छानासमेत उडेको छ।

प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.