उम्मेदवार सिफारिसपछि केन्द्रको मुख ताक्दै नेता

उम्मेदवार सिफारिसपछि केन्द्रको मुख ताक्दै नेता

दार्चुला: प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिदै छ तर दार्चुलामा भने उम्मेदवारी सिफारिस गर्ने बाहेक अरु राजनीतिक गतिविधि हुन सकेका छैनन्। अहिलेसम्म उम्मेदवारी सिफारिस गरेका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा भने केन्द्रले उम्मेदवार तोकेपछि मात्रै निर्वाचनका कार्यक्रम तय गर्ने योजनामा छन्। नेताहरु सबै उम्मेदवारी टुंग्याउन केन्द्रतिर गएका छन्।'केन्द्रले २९ गतेभित्र उम्मेदवारी टुंग्याएपछि निर्वाचनका कार्यक्रमहरु तय गर्छौं' नेपाली कांग्रेस जिल्ला सचिव गोबर्द्धन कोलीले भने।

 

एमाले जिल्ला कमिटी प्रचार बिभाग प्रमुख खडक बडाल पनि केन्द्रले असोज २७ गते उम्मेदवार टुंग्याए पछि मात्रै चुनावी कार्यक्रम तय गर्ने बताउँछन्। एकीकृत नेकपा माओवादी केन्द्र जिल्ला अध्यक्षसहित उम्मेदवार सिफारिस भएका नेताहरुको टोली पनि राजधानी काठमाडौंमा छ।'

गठबन्धन अनुसार उम्मेदवारको पनि टुंगो लाग्छ, त्यसपछि मात्रै चुनावी माहोल बन्छ' एकीकृत नेकपा माओवादी केन्द्रका कार्यालय सचिव पदमराज पन्तले भने। राप्रपा नेपालका अध्यक्ष वीरसिंह बडाल भने आफ्नो पार्टीले ठूला पार्टीको जस्तो चुनावमा तडक भडक नगर्ने तर आफू लगातार जनताको सम्पर्कमा रहेको बताए ।

पुरानै प्रचार सामग्रीले रंगिए बजार
राजनीतिक दलहरुले स्थानीय निर्वाचनको बेलामा सार्वजनिक स्थलमा राखेका प्रचार सामग्री नहटाउँदा दार्चुला सदरमुकाम पुरानै प्रचार सामग्रीले रंगिएको छ।

सडक वारपार पारेर राखिएका प्रचार सामग्री नहटाइएको हुँदा दलहरु निर्वाचनको प्रचारमा अहिल्यैबाट लागेको झल्को दिने गर्दछ। निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुसार उनीहरुले प्रचार सामग्री हटाउनुपर्ने भए पनि दलहरु जिम्मेवार नहुँदा पुराना प्रचार सामग्री नहटाइएको नेपाल पत्रकार महासंघ दार्चुलाका अधक्ष्य शंकरसिह धामी टिप्पणी गर्छन्।

पाँच हजार मतदाता बढे
स्थानीय तहको निर्वाचनमा भन्दा यो पटक दार्चुलाबाट ५ हजार बढी मतदाता मतदामा सहभागी हुनेछन् । स्थानीय तहको निर्वाचनमा दार्चुलामा ७३ हजार ५१ जनाको नाम फोटोसहितको मतदाता नामावलीमा थियो । यो पटक भने ७८ हजार ५ सय १२ जना नाम यो सूचीमा छ।

‘यो पटक ३९ हजार ५ सय ८८ पुरुष र ३८ हजार ९ सय २७ जना महिलाले निर्वाचन आफ्नो मताधिकार प्रयोग गर्न पाउनेछनु जिल्ला निर्वाचन कार्यालय दार्चुलाका सूचना अधिकृत आनसिंह डागाले भने।

जिल्ला निर्वाचनको आफ्नै तयारी जिल्ला निर्वाचन कार्यालय भने निरन्तर निर्वाचनको तयारी रहेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जानकारी दिएको छ। असोज २४ र २५ गते धुलिखेलमा मूख्य निर्वाचन अधिकृतहरुको तालिम सकिएपछि जिल्लामा मूख्य निर्वाचन अधिकृतको कार्यालय असोज २९ गतेसम्म स्थापना भइसक्ने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकृत आनसिंह डागाले बताए।

कात्तिक पहिलो साताबाट मतदाता शिक्षा सुरु गर्ने योजनामा रहेको जिल्ला निर्वाचन कार्यालयले त्यसका लागि आवश्यक तयारी गरिरहेको उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.