'लोकतान्त्रिक गठबन्धनले मधेसीलाई नै अधिकार '

'लोकतान्त्रिक गठबन्धनले मधेसीलाई नै अधिकार '

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले लोकतान्त्रिक शक्ति मजबुत भए मात्र मधेस र मधेसीले अधिकार पाउने जिकिर गरेका छन्। ठाकुरले भने, ‘इतिहासदेखि अधिकारबाट वञ्चित मधेसीको अधिकारका लागि राजपाले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा सहभागी हुन लागेको हो। मधेसी शक्ति वाम गठबन्धनमा लाग्नै सक्दैन।

 वाम गठबन्धनको उद्देश्य गणतन्त्रका उपलब्धि र वर्तमान संविधानको अन्त्यभन्दा अरू हुनै सक्दैन।' राजपा राजनीतिक समितिको बैठकको दोस्रो दिन अध्यक्ष ठाकुरले भने, ‘एमाले नेतृत्वको वाम गठबन्धनको उद्देश्य वर्तमान संविधानको खारेजी मात्र हो।' ठाकुरलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘एमालेलगायत वाम शक्तिले मधेसीको माग सम्बोधन र संविधान संशोधनका पक्षमा आफूहरू उभिन्छु भन्नुमा आसन्न निर्वाचन जित्नुबाहेक अर्काे अर्थमा भएको होइन। अहिले यस्तो कुरा गर्नु गैरराजनीति चरित्र प्रदर्शन गर्नु हो।'

एमालेलाई मधेसका एजेन्डा र संविधान संशोधनको माग प्रिय हुन्थ्यो भने संसद्मा संशोधन प्रस्तावनामा किन साथ नदिएको भन्दै ठाकुरले आक्रोश पोखे।
कांग्रेससँग सिट तालमेलमा जान फोरम नेपालसँग सहकार्य भएको बताउँदै उनले भने, ‘फोरम नेपाल र राजपा सहकार्यले मधेसका २२ जिल्लासहित प्रदेश २ मा मधेसी नेतृत्व आउँछ।' राजनीतिक समितिका अधिकांश सदस्यले राजपा अध्यक्ष मण्डलका नेताहरूसँग लोकतान्त्रिक गठबन्धन र फोरम नेपालसँगको सहकार्यको उद्देश्य स्पष्ट गर्न, लोकतान्त्रिक गठबन्धनको उद्देश्य, वाम गठबन्धनसँग सहकार्य, गणतन्त्र सिध्याउने सर्वहारा वर्गको अधिनायकवादी शक्तिको उदयलगायत दर्जनौं जिज्ञासा राखेका थिए।

केही सहभागीले वाम गठबन्धनमा भारतको कुनै सेक्सनको समेत सहभागिताबारे जिज्ञासा राखेका थिए। राजनीतिक समितिका सदस्य वृषेशचन्द्र लालले मधेसी जनताको अधिकार सुनिश्चित गर्न लोकतान्त्रिक शक्तिमै लाग्नुपर्ने धारणा सहभागीबाट आएको जानकारी दिए। उनले अध्यक्ष ठाकुरलाई उद्धृत गर्दै भने, ‘मंसिर १० र २१ को चुनावमा हामी कांग्रेसको नेतृत्वमा सहकार्य गर्नेछौं। यसै महिनाको अन्तिमसम्म परिणाम आउँछ।' कम्युनिस्ट राज्यसत्ताका लागि भएको वाम गठबन्धनमा मधेसवादीको सहकार्य असम्भव रहेको उनले जिकिर गरे।

अर्का सहभागी रामनरेश रायले लोकतान्त्रिक शक्तिको गठबन्धन अन्तिम चरणमा पुगेको अध्यक्ष ठाकुरले अवगत गराएको बताए। पहिचानवादी शक्ति र संविधान संशोधनका पक्षधर एक हुनुको विकल्प नरहेकोमा आफूहरूले नेतृत्वलाई सुझाव दिएको उनले बताए।

‘कांग्रेससँग असोज अन्तिमसम्म एकता'

नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले असोज अन्तिमसम्म कांग्रेससँग पार्टी एकता हुने जानकारी दिए। पार्टीका शीर्ष नेतृत्वसँगको छलफलमा गच्छदारले कांग्रेसँगको पार्टी एकताबारे छलफल गरेका हुन्।

अध्यक्ष गच्छदारको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘बहुमत साथीहरूको सुझावमै कांग्रेससँग पार्टी एकता, सहकार्य वा गठबन्धनका विषयमा जनमत लिएको हुँ।' अधिकांश नेताले अध्यक्ष गच्छदारदेखि साधारण पार्टी सदस्यसम्मको सम्मान हुने प्रतिबद्धतासहितको आधार तय गरी अघि बढ्न सुझाव दिएको जानकारी पार्टी संसदीय दलका प्रमुख सचेतक योगेन्द्र चौधरीले दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.