७५ लागे अमिताभ

७५ लागे अमिताभ

बलिउड मेगास्टार अमिताभ बच्चनले बुधबार ७५औं जन्मदिन मनाएका छन्। जन्मदिन मनाइरहँदा उनले जिन्दगीको सबभन्दा महत्वपूर्ण समय नैनीतालमा बिताएको खुलासा गर्दै भावविह्वल भएका छन्। नैनीतालमा अवस्थित शेरवुड कलेजमा बिताएको तीन वर्षको अवधिलाई उनले जीवनको सबभन्दा उत्कृष्ट समय भनेका छन्।

सन् १९५६ देखि १९५८ सम्म उनले त्यहाँ कक्षा ९ देखि ११ सम्म अध्ययन गरेका थिए । किशोर अवस्थामा नैनीतालमा उनले व्यतीत गरेको समय आफ्नो मनमस्तिष्कमा अमिट छाप बनेर रहेको बताएका छन्। त्यो समय खास हुनुको राज पनि उनले खोलेका छन्। त्यस बेला उनी एकजना आफूभन्दा जुनियर युवतीलाई मन पराउँथे । एक बेनर्जी थरकी ती युवतीसँग मन साटिएको थियो।

त्यो आत्मीयताले जीवनको लय लिन नसके पनि अविस्मरणीय रहेको अमिताभले बताएका छन् । उनी अहिले हाउस वाइफका रूपमा छिन्। बनर्जीको गोपनीयताको ख्याल गर्दै सञ्चारमाध्यमले पनि नाम भने खुलाएको छैन।

त्यस बेला अमिताभ र ती युवती स्कुलका कार्यक्रममा एकसाथ भाग लिन्थे। कार्यक्रमकै सिलसिलामा उनीहरूको भेट भएको थियो। उनीहरू लुकिछिपी भेटघाट गर्थे। अमिताभ ती युवतीका लागि निकै प्रोटेक्टेड थिए। स्कुलबाट बाहिरिँदा पनि अमिताभ ती युवतीको बारेमा चिन्ता लिन्थे। उनको जीवनको पहिलो क्रस त्यही थियो।

शेरवुड कलेजमा अध्ययन गर्दासम्म पनि अमिताभले बलिउड प्रवेश गर्ने बारेमा सोचेका थिएनन्। उनी एउटा राम्रो काममा लाग्ने योजनामा थिए । तर, विस्तारै उनमा अभिनयप्रति रुचि बढ्न थाल्यो। कलेजका विभिन्न कार्यक्रममा अभिनय गर्न थाले। थिएटरमा अभिनय सिके । अभिनयमा उनी कति लागिपरे भने कलेजमा हुने कार्यक्रम र प्रतियोगितामा सधैं अवार्ड पाउँथे।

जब उनी बलिउड प्रवेश गरे, त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्नु परेन। पाँच दशकसम्म बलिउडमा एकछत्र राज गरेका अमिताभ ‘बिग बी’ नामले पनि चिनिन्छन् । सत्तरी र असीको शदकमा बलिउडमा उनलाई ‘वन मेन इन्डस्ट्री’का रूपमा लिइन्थ्यो। एक सय ९० भन्दा बढी चलचित्रमा अभिनय गरेका अमिताभका फ्यान संसारभर छन्। एजेन्सी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.