महोत्तरी काँग्रेसले उमेदवार सिफारिस गर्‍यो

महोत्तरी काँग्रेसले उमेदवार सिफारिस गर्‍यो

बर्दिबास: नेपाली काँग्रेस महोत्तरीले जिल्लाको प्रतिनिधिसभा र प्रदेश सभाको सम्भावित उम्मेदवारहरुको सिफारि गरेर केन्द्रमा पठाएको छ।महोत्तरीको चार निर्वाचन क्षेत्र मध्ये तीन क्षेत्रको प्रतिनिधिसभा र प्रदेश सभाको सम्भावित उम्मेदवारहरुको सिफारि गरेर नामावली केन्द्रमा पठाएको हो।

 

काँग्रेसका जिल्ला सभापति महेन्द्रकुमार रायले जिल्लाको चारक्षेत्र मध्ये एक, दुई र तिनको क्षेत्रिय समितिले सिफारिस गरेको नामावलीलाई नै केन्द्रमा पठाउने निर्णय गरिएको जानकारी दिए। चार नम्बर क्षेत्रको नामावली आउन बाँकी रहेको उनले बताए।

जिल्लाको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको लागि प्रत्यक्ष तर्फ पाँच जनाको नामावली सिफारिस गरिएको छ। जसमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याण कुमार गुरुङ्ग, वर्तमान साँसद सीताराम भण्डारी, पूर्व साँसद बसन्तकुमार गुरुङ्ग, चिरन्जीवी हमाल तथा मुकेशराज काफ्ले रहेका छन्। समानुपातिक तर्फ ८ जनाको नामावली सिफारिस गरिएको छ।

क्षेत्रनं. १ को प्रदेशसभाको 'क' क्षेत्रको लागि प्रत्यक्ष तर्फ ८ जनाको नामावली सिफारिस गरिएको छ। सिफारिस भएकाहरुमा महेशकुमार झा, विष्णुदेव यादव, विनोद बराल, अशोक कोइराला, प्रहलाद कुमार क्षेत्री, मदनमोहन यादव, सुरेश यादव, कृष्णा यादव रहेका छन्। त्यस्तै प्रदेश सभा 'क' को समानुपातिक तर्फ १८ जनाको नामावली सिफारिस गरिएको छ।

असोज २० गते बसेको क्षेत्रिय समितिको बैठकले जिल्लाको क्षेत्रनं. १ को प्रदेशसभा ‘ख’को प्रत्यक्षतर्फ रामश्रेष्ठ महतोको मात्रै सिफारिस गरेको छ भने समानुपातिक तर्फ १६ जनाको नामावली सिफारिस गरेको जनाएको छ।

त्यसैगरी जिल्लाको क्षेत्रनं. २ मा प्रतिनिधिसभाको लागि प्रत्यक्ष तर्फ किरण यादव, नागेश्वर यादव तथा श्याम मण्डलको नामावली सिफारिस गरि पठाएको छ भने समानुपातिकमा ७ जनाको नामावली पठाएको छ।

त्यसैगरी क्षेत्रनं. २ को प्रदेशसभा 'क' को प्रत्यक्षतर्फ महेन्द्र यादव मधुकरसहित ७ जनाको तथा समानुपातिक तर्फ १२ जनाको नामावली सिफारिस गरेर केन्द्रमा पठाइएको काँग्रेसका जिल्ला सचिव शम्भुनारायण पाठकले बताए। त्यस्तै 'ख' मा प्रत्यक्ष तर्फ ९ जना र समानुपातिक तर्फ १० जनाको नामावली पठाइएको पाठकले जानकारी दिए।

जिल्लाको क्षेत्रनं. ३ मा प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ ललनकुमार राय, बजरंग नेपाली र गरीबदास ठाकुरको नाम सिफारिस गरि पठाइएको छ भने समानुपातिक तर्फ रामचन्द्र तिवारी, नरेन्द्र मोहन मिश्र, कामेश्वर पाण्डे र गंगाधर चौधरीको नाम सिफारिस गरिएको छ।

त्यसैगरी प्रदेशसभाको लागि 'क' क्षेत्रमा प्रत्यक्षतर्फ ११ जना र समानुपातिक तर्फ १० जना तथा ‘ख’ क्षेत्रमा प्रत्यक्ष तर्फ ९ जना तथा समानुपातिक तर्फ ७ जनाको नाम सिफारिस भएको नेपाली काँग्रेसले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.