मोहन वैद्य अब क्रान्तिकारी माओवादीको महासचिव

मोहन वैद्य अब क्रान्तिकारी माओवादीको महासचिव

पोखरा : नेपाल कम्यूनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) को प्रथम राष्ट्रिय सम्मेलनले पार्टीको अध्यक्षात्मक प्रणाली खारेज गरी महासचिव प्रणालीमा जाने निणर्य गरेको छ। यस संगै अध्यक्ष वैद्य पार्टीको महासचिव भएका छन्।

कृष्णमणि बराल
पोखरा : नेपाल कम्यूनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) को प्रथम राष्ट्रिय सम्मेलनले पार्टीको अध्यक्षात्मक प्रणाली खारेज गरी महासचिव प्रणालीमा जाने निणर्य गरेको छ। यस संगै अध्यक्ष वैद्य पार्टीको महासचिव भएका छन्।

सम्मेलनले आगामी प्रदेश सभा र प्रतिनिधि सभाको चुनावलाई उपयोग गर्ने निर्णय गरेको छ। पोखरामा असोज २२ देखि २६ गतेसम्म चलेको सम्मेलनको बारेमा बिहीबार पत्रकार सम्मेलन गरी पार्टी महासचिव वैद्यले पार्टीले आफ्नै उम्मेदवार चुनावमा नउठाए पनि चुनावलाई उपयोग गर्दै देश भक्त जनतान्त्रिक मोर्चाका उम्मेदवारलाई सहयोग गर्ने जानकारी दिए।

सम्मेलनले ७७ जना केन्द्रीय सदस्य र १८ जना वैकल्पिक सदस्य चयन गरेको छ। केन्द्रीय समितिको बैठकले केन्द्रीय पदाधिकारी र सल्लाहार चयन गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। सम्मेलनले ११ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ।

पहिलो नम्बरको प्रस्तावमा निर्वाचन आयोगले संघीय र प्रादेशिक निर्वाचनमा थ्रेसहोल्डको व्यवस्था गरेको प्रति असहमती जनाउँदै खारेजीको माग गरिएको छ। जनताको मतलाई प्रतिनिधि बिहिन बनाउने र लोकतन्त्रलाई कथित ठूला पार्टीको नियन्त्रणमा राख्ने अलोकतायन्त्रिक कदम भन्दै पार्टीले थ्रेसहोल्ड खारेजीको माग गरेको हो।

राज्यका अंगबाट भएका भ्रष्टचार नियन्त्रण गर्न, दलाल माफिया तन्त्र नियन्त्रण गर्न, मानव जीवन र पर्यावरणलाई समेत असर गर्ने गरी भएको खेतीयोग्य जमिनमा गरिने प्लटिङ नियन्त्रण, निजीकरणको नाममा शिक्षा, स्वास्थ्यमा भएको माफिया तन्त्रको अन्त्य गर्न सरकारसँग माग गरेको छ।

यसै गरी प्रतिक्रान्ति संस्थागत हुँदै गएको र क्रान्तिकारी विरोधी दक्षिणपन्थी गठबन्धन बलियो बन्दै गएकाले क्रान्तिकारी कम्युनिष्ट बीचमा एकता तथा ध्रुवीकरणको आवश्यकता बढेकोले सच्चा मालेमावादी कम्युनिस्ट एकता प्रक्रिया अघि बढाउन आह्वान समेत सम्मेलनले गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.