राप्रपाले ६५ जिल्लाबाट २०० उम्मेदवारको नाम सिफारिस गर्यो
काठमाडौँ, रासस : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले देशका ६५ जिल्लाबाट आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाका करिब २०० उम्मेदवारको नाम सिफारिस गरी केन्द्रमा पठाएको छ ।
पार्टीका जिल्ला संगठनले पठाएका उम्मेदवारको छनोट चाँडो संसदीय समितिको बैठक बसेर गरिने प्रवक्ता भुवन पाठकले जानकारी दिए । सिफारिस आउने क्रम जारी रहेको भए पनि शनिबार साँझसम्म उम्मेदवार चयन गरिने छ ।
पछिल्लो पटक वामपन्थी शक्तिबीच धु्रवीकरण भएपछि पार्टीले लोकतान्त्रिक गठबन्धनसँग एकता गरी निर्वाचनमा जाने निर्णय गरेको छ।
समानुपातिकमा भने पार्टी संगठन सुदृढीकरणमा योगदान गर्नाका साथै सम्बन्धित क्षेत्रमा लोकप्रिय भई जनताको सेवालाई केन्द्रमा राखी विश्वास आर्जन गरेका योग्य उम्मेदवारलाई छनोट गरिने पार्टीले जनाएको छ ।