दर्शकले घेरिए छक्कापञ्जाका कलाकार

दर्शकले घेरिए छक्कापञ्जाका कलाकार

चितवन : बिहीबार दिउसोको सो हेर्नका लागि नारायणगण्को जलमा हलमा दर्शक भरिएका थिए । शान्त बनेको हल एकाएक हल्लाले गुञ्जियो । चलचित्रका निर्माता, निर्देशकसहित कलाकारको टोली एक्कासी देख्दा दर्शक दंग परे । सबैले ताली बजाएर हुटिङ गरे ।

 चलचित्र सुरु हुनु अघि उनीहरुले दर्शकलाई धन्यवाद दिए । कोही फोटो खिचाउने र सेल्फी लिन थाले । निर्माता दिपकराज गिरीले दर्शकसंग दर्शकलाई स्वागत गरे । उनले हिन्दी चलचित्र छोडेर नेपाली चलचित्रतर्फ दर्शक आकर्षीत भएको भन्दै चलचित्र सफल भएको बताए ।

कलाकारले हलमा रहेका दर्शकलाई हँसाए । जितु नेपाल र माग्ने बुढाले ठट्यौली गर्दा दर्शक मजाले हाँसे । नायीका स्वस्तीमा खड्का पनि दर्शकको रोजाई बनिन् । हलभित्र र वाहिर उनीहरु दर्शकबाट घेरिए । दर्शकको प्रत्यक्ष प्रतिकृयाको लागि आएको कलाकार जितु नेपालले बताए । ‘ दर्शकबाट घेरिदा बेग्लै आनन्द आउँछ ' नेपालले भने ‘ हामीबाट दर्शकले केही पाए भने हाम्रो लागि त्यही नै कमाई हो '

दर्शकको माया पाएको भन्दै निर्देशक दीपा श्री निरौलाले धन्यवाद दिईन् । ‘चलचित्रको ब्यापार भन्दा पनि मन जोड्न आएका हौ, हामीले दर्शक कमाएका छौ' निरौलाले भनिन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.