कमल थापा मकवानपुरबाट उम्मेदवार
हेटौँडाः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा मकवानपुर जिल्लाको क्षेत्र नं १ बाट केन्द्रीय प्रतिनिधि सभाको उम्मेदवारमा सर्वसम्मतले सिफारिस भएका छन्।
राप्रपा मकवानपुरको विशेष बैठकले अध्यक्ष थापालाई उम्मेदवार बनाउने निर्णय गरेको राप्रपाका केन्द्रीय सहमहामन्त्री राजाराम जानकारी दिए। राप्रपा मकवानपुरको अध्यक्ष कमल थापाकै भार्इ गणेश थापा हुन्।