चुरे भावर पार्टी शनिबार एमालेमा समाहित हुँदै
काठमाडौं : चुरे भावर राष्ट्रिय एकता पार्टी, नेपाल नेकपा (एमाले)मा समाहित हुने भएको छ। वाम एकता र लोकतान्त्रिक गठबन्धनको चर्चा चलिरहेका बेला चुरे भावर एमालेमा समाहित हुन् लागेको हो।
शनिबार राजधानीमा आयोजित विशेष कार्यक्रममा चुरे भावर पार्टी एमालेमा समाहित हुने एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।शनिबार दिउँसो १२ : ३० बजे राष्ट्रिय सभागृहमा एमाले अध्यक्ष केपी ओलीले चुरे भावरका नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराउने कार्यक्रम तय भएको छ।