१९ औँ ईमेज अवार्ड वितरण होटेल सोल्टीमा

 १९ औँ ईमेज अवार्ड वितरण होटेल सोल्टीमा

काठमाडौं: नेपाली गीत, संगीत क्षेत्रका उत्कृष्ट स्रष्टाहरुलाई सम्मान गर्न यस वर्षको ईमेज अवार्ड वितरण कार्यक्रम शुक्रबार राजधानीमा हुँदैछ।ईमेज च्यानलले दुई दशकदेखि वार्षिक रुपमा आयोजना गर्दै आएको सांगीतिक वृत्तको सबैभन्दा ठूलो उत्सव ईमेज अवार्डको १९ औँ संस्करण हुन लागेको हो।

 

१९ औं ईमेज अवार्डमा विगतका वर्षमाजस्तै यस वर्ष पनि गीत, संगीत, रचना, संगीत संयोजनलगायत म्युजिक भिडियो र सार्वजनिक रुचि (पब्लिक च्वाइस) समूह गरी २३ विधामा विजेता घोषित गरिने छ। सबै विधाका उत्कृष्ट पाँच/पाँच मनोनयन सार्वजनिक गरी त्यसकै आधारमा विज्ञको रोजाइ र दर्शकको मतका आधारमा विजेता घोषणा गरिन लागेको हो।

२०७३ साल असार १ गतेदेखि २०७४ साल जेठ मसान्तसम्म सार्वजनिक भएका सृजनामध्येबाट २३ विधाका उत्कृष्ट पाँचमा पर्न सफल सृजना र सर्जकमध्ये प्रत्येक विधाका सर्वोत्कृष्ट एकलाई अवार्ड वितरण गरिने छ। २३ विधामा मनोनयनमा परेकामध्ये निर्णायकमण्डलबाट प्राप्त प्राविधिक मत र एस.एम.एसबाट प्राप्त पपुलर मतका आधारमा विजयी घोषित गरिने भएको छ।

नेपाली गीत संगीतको उत्थान गर्ने उद्देश्यले ईमेज च्यानलले हरेक वर्ष ईमेज अवार्ड प्रदान गर्दै आएको छ। संगीतमै समर्पित संगीतकर्मीहरुको सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले ईमेज अवार्ड गरिँदै आएको हो।

ईमेज अवार्डमा गीत संगीतको क्षेत्रमा योगदान पुर्‍याउने एक जना कालजयी श्रष्टालाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गर्ने परिपाटी अनुसार यस बर्ष वरिष्ठ संगीतकार दीपक जंगमलाई सम्मान गरिँदैछ।

अपराह्न ४ बजेदेखि होटल सोल्टीमा सुरु हुने ईमेज अवार्ड वितरण कार्यक्रमको ईमेज च्यानल, ईमेज एफएम ९७.९, ईमेज न्यूज एफएम १०३.६ र ईमेज खबर डट कमबाट प्रत्यक्ष प्रसारण हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.