राप्रपा सरकारमा जाँदै, शनिबार सपथ ग्रहण

राप्रपा सरकारमा जाँदै, शनिबार सपथ ग्रहण

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार सरकार विस्तार गर्ने भएका छन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी हुन लागेको हो।

राप्रपा अध्यक्ष अध्यक्ष कमल थापा, जयन्त चन्द, दिनानाथ गिरी र बिक्रम थापा सरकारमा सहभागि हुन् लागेका हुन्। थापालार्इ उपप्रधानमन्त्रीको जिम्मेवारी दिइने छ। प्रधानमन्त्री कार्यालयले चार जनाको नाम शुक्रबार दिउँसो राष्ट्रपति कार्यालयमा पठाइसकेको प्रधानमन्त्री कार्यालयले स्रोतले जनाएको छ। शनिबार सपथ ग्रहण हुनेछ। उनीहरुलार्इ विना विभागीय मन्त्रीको जिम्मेवारी दिइनेछ। 

राज्यमन्त्रीमा कुन्तीकुमारी शाही, भाष्कर भद्रा, सुशीलकुमार श्रेष्ठ र कान्ता भट्टराईको नाम पनि राप्रपाले पठाएको छ। नेकपा एमाले नेकपा माओवादी केन्द्र र नयाँ शक्तिबीच बाम गठबन्धन गर्ने सहमति भएपछि राप्रपाले सरकारलार्इ समर्थन गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.