टिकट वितरणमा पैंसाको चलखेल

टिकट वितरणमा पैंसाको चलखेल

धरान: असार १४ गते सम्पन्न दोस्रो चरणको स्थानिय निकायको निर्वाचनमा टिकट वितरण गर्दा एमालेमा ठुलो आर्थिक चलखेल गरेको तत्य सार्वजनिक भएको छ। मोरङको मिक्लाजुङ गाउँपालिका लगायतका स्थानिय निकायको प्रमुख पदको उमेद्वारको टिकट वितरण गर्दा एमालेका सचिव भीम आचार्य, बैकल्पिक केन्द्रिय सदस्य तथा मोरङ सहइन्चार्ज रुपनारायण श्रेष्ठ र मोरङ अध्यक्ष विनोद ढकालले रकम मागेको अडियो रेकर्ड सहित पार्टी अध्यक्ष र महासचिव समक्ष उजुरी परेको खुलासा भएको छ।

 

मोरङको मधुमल्ला गाउँपालिकाको अध्यक्ष पदका आकांक्षीत्रय भेषराज काफ्लेसँग २१ लाख तथा नरेन्द्र ढुङ्गेल र डिल्ली खतिवडा संग २५ लाख रुपैया एमालेका वैकल्पिक केन्द्रिय सदस्य रुपनारायण श्रेष्ठले मागेको र उक्त रकम सचिव आचार्यले माग्न लगाएको रेर्कड सहितको उजुरी पार्टी अध्यक्ष केपी ओली र महासचिव इश्वर पोखरेल समक्ष परेको एमाले श्रोतले जानकारी दिएको छ।

आचार्य एमालेका केन्द्रिय सदस्य तथा प्रदेश नम्बर १ का संयोजक र श्रेष्ठ बैकल्पिक केन्द्रिय सदस्य तथा प्रदेश सदस्य हुन्।गत असार २० गते सम्पन्न दोस्रो चरणको स्थानिय निकायको निर्वाचनमा २१ लाख रकम दिए मात्र मोरङको मिङ्लाजुङ गाउँपालिकाको अध्यक्षको उमेद्वारको टिकट दिने भनेर पटक पटक रुपनारायण श्रेष्ठले बार्गेनिक गरेको उक्त रकम सचिव आचार्यले माग्न लगाएको भन्ने फोन रेकर्ड मोरङ अध्यक्ष विनोद ढकाललाई बुझाएको मिक्लाजुङ गाउँपालिकाका एमाले कार्यकर्ता भेषराज काफ्लेले बताएका छन्।

उनले श्रेष्ठले सचिव आचार्यको पैसा माग्न लगाएका कारण आफुले पैसा माग्नु परेको भनी कार्यकर्ताहरुसंग पैँसाको बार्गेनिङ गरेको अडियो रेर्कड सार्वजनिक भएपछि एक नम्बर प्रदेशका भावी मुख्यमन्त्रीका दावेदार आचार्य, श्रेष्ठ र ढकाल विवादमा परेका छन्।

काफ्ले, खतिवडा र ढुङ्गेलले २१ लाख रुपैँया नबुझाएपछि मिक्लाजुङ गाउँपालिकाको अध्यक्षको उमेद्वारको टिकट देवी आचार्यलाई दिएको आरोप सचिव आचार्य,श्रेष्ठ र ढकाल विरुद्ध लगाइएको छ। देवी आचार्य उक्त गाउँपालिकाको अध्यक्षमा निर्वाचित भइसकेका छन्।

स्थानिय निकायको निर्वाचनमा पार्टीका उमेद्वारहरुसँग रकम मागेको फोन रेर्कड सहितको उजुरी परेको भएपनी अध्यक्ष ओली महासचिव पोखरेलले केन्द्रिय समितिको बैठकमा जानकारी नगराएको पनि एमालेका एक केन्द्रिय सदस्यले नाम नछाप्ने सत्रमा बताएका छन्।

आगामी मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचन र प्रदेश सभा निर्वाचनलाई असर पुग्ने भन्दै पार्टी केन्द्रिय कमिटिले तत्काल कार्वाहि गर्न नसकेको हुन सक्ने उनको भनाई छ।

आचार्य आर्थिक अनियमिततामा विवादमा परेको भन्दै प्रदेश नमबर १ को संयोजक बाट आचार्यलाई हटाउन पार्टी अध्यक्ष ओली समक्ष केन्द्रिय नेताहरुले समेत दववा दिएको बताइएको छ।

आचार्य र श्रेष्ठ विरुद्ध आर्थिक अनियमितताको उजुरी परेको विषयमा पार्टी प्रचारविभाग प्रमुख यागेश भट्टराईले पार्टी अध्यक्ष र महासचिव समक्ष उजुरी परेको भन्ने हलला मात्र सुनेको बताएका छन्।

आरोपित मध्यका सचिव आचार्यले टिकट वितरणमा आफु लगायतका नेताहरुलाई लगाएको आरोप निराधार भएको बताए।उनले अध्यक्ष र महासचिवलाई दिएको उजुरी कार्वाहिका लागि नभएर गलत आरोपका विषयमा दिएको दावि गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.