संसद्‍मा कम उपस्थित भए पनि भत्ता पाउने सांसद (सूची)

संसद्‍मा कम उपस्थित भए पनि भत्ता पाउने सांसद (सूची)

काठमाडौं : संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका स‌‌सद्‍को चालू अधिवेशनमा विभिन्न बैठकमा विविध कारण लगातार १० दिनभन्दा बढीका बैठकमा अनुपस्थित रहेका सांसदको नामावली सभामुख ओनसरी घर्ती मगरले पढेर सुनाएकी छिन्।

शुक्रबारको व्यवस्थापिका संसदको अन्तिम बैठकमा सभामखुले व्यवस्थापिका संसदको नियमावली २०७३ को नियम २२० को उपनियम ४ बमोजिम अस्वस्थता, औषधिउपचार, जिल्ला भ्रमण, विदेश भ्रमण, घरायसी कारण, पार्टीको कामलगायत विविध कारणले लगातार १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित सांसदको नाम प्रस्तुत गरेकी हुन्।

विभिन्न कारणले संसद्‍मा कम उपस्थित भएका २३ सांसद र उनीहरु उपस्थित भएको दिन
सूर्यकुमार सिवाकोटी १९
सुजाता परियार १०
भक्तबहादुर बिक खपाङगी १०
प्रदीप गिरी ११
विष्णु प्रसाद पौडेल ११
बिलनकुमारी राजवंशी ११
डा. बाबुराम पोखरेल २७
रुक्मीणि चौधरी १२
रामकुमार सुब्बा, ३१
जयन्त चन्द, १९
श्रवणकुमार अग्रवाल, ११
हरिबहादुर राजवंशी ११
गौरीकुमारी ओली ११
कल्पनादेवी महतो ११
कविता कुमारी सरदार १२
धनबहादुर घले ११
रविन्द्र प्रताप शाह ११
कुलबहादुर गुरुङ १३
डिल्लीप्रसाद काफ्ले १९
दुर्गा पौडेल २८
नरहरी आचार्य ११
प्रभुनारायण चौधरी ११
अनिलकुमार यादव १२
व्यवस्थापिका संसदको नियमावली अनुसार नै सभामुखले सार्वजनिक गरेका सांसदको नाम सम्बन्धी सूचनालाई शुक्रबारको संसद् बैठकले स्वीकृत गरेको छ। अनुपस्थित सांसद्को नाम स्वीकृत भएसँगै शुक्रबारको बैठक स्थगित भएको छ। संसदको अर्को बैठक शनिबार अर्थात् असोज २८ गते दिउँसो ३ बजे बस्ने जानकारी सभामुख घर्तीले गराएकी छिन्। भोलिको बैठकमा कुनै बिजनेश समावेश गरिएको छैन। संसदको बिदाइका निम्ति मात्र भोलिको बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.