तालमेलका लागि सबैसँग संवाद गर्न सकिने

तालमेलका लागि सबैसँग संवाद गर्न सकिने

काठमाडौं : नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले चुनावी तालमेलका लागि सबै दलसँग वार्ता गर्न आफूहरू खुला भएको बताएका छन् ।
११ दिनअघि एमाले र माओवादी केन्द्रसँग वाम एकताको प्रक्रियामा अघि बढ्ने सहमति गरेका भट्टराईले गठबन्धनमा प्रारम्भिक दिनमै व्यावहारिक कठिनाइ उत्पन्न हुन थालेपछि त्यसबाट आफूहरू बाहिरिएको बताएका छन् ।

 ‘जसरी वाम एकतालाई अघि बढाउने समझदारी भएको थियो । त्यसअनुसार रूपान्तरण हुन नसकेपछि हामी आफ्नै ढंगले चुनावमा जाने भयांै,' अन्नपूर्णसँगको संक्षिप्त कुराकानीमा भट्टराईले भने, ‘सुरुमा तीनै दलबीच सूर्य चिह्न लिएर चुनाव लड्ने सहमति भएको थियो । त्यो मर्म र सहमतिअनुसार प्रक्रिया अघि नबढेपछि हामी त्यसबाट अलग भयौं अब चुनावी तालमेल गर्न सबै दलसँग वार्ताका लागि हामी खुला छौँ ।'

यसैबीच, नयाँ शक्ति पार्टी नेपालको शुक्रबार बसेको बैठकले आँखा चिह्न लिएर प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा जाने निर्णय गरेको छ । बैठकपछि जारी विज्ञप्तिमा डा. भट्टराईले गोरखा-२ बाटै उम्मेदवारी दिने उल्लेख गर्दै भनिएको छ, ‘गठबन्धनमा आबद्ध एमाले र माओवादी केन्द्र साझा चुनाव चिह्न प्रयोग गर्ने सहमतिको मर्मविपरीत गएको हुनाले हामी आफ्नै चुनाव चिह्न आँखा लिएर चुनावमा सहभागी हुन्छौं । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीतालाई अस्वीकार गर्ने दलबाहेक सबैसँग चुनावी तालमेल गर्न सकिने नीति पनि लिएका छौँ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.