पोखरामा गुञ्जिँदै नेपाल आइडल

पोखरामा गुञ्जिँदै नेपाल आइडल

पोखरा :  नेपाल आइडलका विजेता बुद्ध लामा, फस्ट रनरअप निशान भट्टराई, सेकेन्ड रनरअफ प्रताप दास र सन्ध्या जोशीले आज गीतसंगीतले पोखरा तताउँदै छन् । इभेन्ट कम्पनी ‘मुन्टेज इन्टरनेसनल’ले स्थानीय जक्सन डटकमको सहकार्यमा शनिबार पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा कन्सर्ट आयोजना गरेको छ ।

 

कन्सर्टका लागि निशान भट्टराई, प्रताप दास र सन्ध्या जोशी पोखरा आइपुगेका छन् । नेपाल आइडलको ग्रान्ड फिनालेपछि राष्ट्रियस्तरमा यी गायक सम्मिलित कन्सर्ट हुन लागेको यो पहिलोपटक हो । नेपाल आइडल बुद्ध लामाको होम टाउन पोखरामा हुन लागेको पहिलो कन्सर्टमा १० हजार दर्शकको सहभागिता रहने विश्वास आयोजकले गरेका छन् ।

नेपाल आइडलको विजेता बुद्ध लामाको होम टाउन भएकाले पोखरेली गीत संगीत प्रेमीको ठूलो सहभागिता रहने आशा गरेको मुन्टेज इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर रोशन पराजुलीले बताए । ‘नेपाल आइडलप्रति यहाँको दर्शकको क्रेज निकै भएकाले यो कन्सर्ट निकै भव्य हुने विश्वास छ’, पराजुलीले भने । नेपाल आइडलका टप टेन फाइनलिस्टलाई कन्सर्टमा सहभागी गराउने उद्देश्य भए पनि केही फाइनलिस्ट गायक विभिन्न देश गएकाले सबैलाई सहभागी गराउन नसकिएको उनले बताए ।

पोखरामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल आइडलका फस्र्ट रनरअप निशान भट्टराईले कन्सर्टमा पोखरेलीको अपार माया पाउने आशा व्यक्त गरे । पोखरामा दोस्रोपटक आएका निशानले पोखरेलीको माया पाउनेमा उत्साहित हुँदै शनिबारको प्रतीक्षा रहेको बताए । पत्रकार सम्मेलनमा सेकेन्ड रनरअफ प्रताप दास र टप नाइन सन्ध्या जोशी पनि सहभागी थिए ।

कन्सर्ट दिउँसो ४ बजेदेखि ८ बजेसम्म चल्ने जक्सन डटकमका म्यानेजर अरुण गिरीले बताएका छन् । नेपाल आइडलकै होस्ट सुशील नेपाल र निशा पन्थीले कन्र्सट होस्ट गर्ने बताइएको छ । मुन्टेज इन्टरनेसनलले पोखरासँगै यो कन्सर्ट उर्लाबारीमा समेत गर्ने जनाएको छ । असोज ३० गते उर्लाबारीमा कन्सर्ट हुने पराजुलीले बताए । विश्वमै नेपाल आइडलको क्रेज भएकाले नेपाल आइडलका टप थ्री वल्र्ड टुरमा निस्कन लागेको पनि उनले सुनाए । उनले नोभेम्बरको पहिलो हप्ता बेलायतका विभिन्न सहरमा नेपाल आइडलको कन्सर्ट आयोजना गर्ने बताए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.