मन्‍त्री फिर्ता नबोलाउने माओवादी निर्णय

मन्‍त्री फिर्ता नबोलाउने माओवादी निर्णय

काठमाडौं : नेकपा माओवादी केन्द्रले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ। शनिबार बिहान राजधानीमा उपस्थित शीर्ष नेता सहभागी बैठकले देउवा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने र सरकारमा सहभागी मन्त्रीलाई फिर्ता नबोलाउने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।

 

प्रधानमन्त्री देउवाले एमाले-माओवादीले वाम गठबन्धन गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई सरकारमा सहभागी गराउने निर्णय गरेपछिको पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न बसेको माओवादी शीर्ष नेताको बैठकले सरकार नछोड्ने निर्णय गरेको हो।

बैठकमा मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव, पछिल्लो राजनीतिक घटनाक्रम र वाम एकताका विषयमा समेत छलफल भएको छ। पार्टी निर्णय बोकेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही बेरमा प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार जाँदै छन्।

त्यसैगरी व्यवस्थापिका संसद विघटन र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न माओवादीको संसदीय दलको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.