व्‍यवस्थापिका संसद्को अन्तिम बैठक (लाइभ)

व्‍यवस्थापिका  संसद्को अन्तिम बैठक (लाइभ)

काठमाडौँ: संविधान सभाबाट रुपान्तरित व्यवस्थापिक-संसद्को अन्तिम बैठक शनिबार सुरु भएको छ। संसद्को अन्तिम बैठक बस्नुअघि सभामुख ओनसरी घर्तीसहित सांसदले सामूहिक तस्वीर खिचाएपछि  बैठक सुरु भएको संसद् सचिवालयले जनाएको छ।

 

बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुखले विदाई सम्बोधन गरेपछि सभामुख ओनसरी घर्तीले सदन समाप्त भएको औपचारिक घोषणा गर्नुहुने सचिवालयका प्रवक्ता डा भरतराज गौतमले राससलाई जानकारी दिए। समापन समारोहका लागि आजै सभामुख घर्तीले संसद् परिसरमा रात्रिभोजको आयोजना गरेकी छिन्।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि भोलि आइतबार समानुपातिकतर्फको उम्मेदवारी दर्ता हुने निर्वाचन तालिका भएकाले त्यसको अघिल्लो दिन आज राति १२ बजेदेखि नै संसद्को अवधि सकिन लागेको हो।

विसं २०७० माघ ८ गतेदेखि शुरु भएको संविधानसभाले २०७२ साल असोज ३ गते संविधान जारी गरेपछि सोही दिनदेखि संविधानसभा व्यवस्थापिका-संसद्मा रुपान्तरित भएको हो।

संसद्ले यस अवधिमा महत्वपूर्ण विधेयक पारित गर्नुका साथै महाअभियोगजस्ता नयाँ अनुभवसमेत गर्नुप¥यो । संसद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान कार्की र सर्वाेच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता भए पनि त्यस सम्बन्धमा छलफल प्रक्रिया अघि बढ्न सकेन।

संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा बढी ध्यान केन्द्रित गर्नुपरेको संसद्ले अन्तिम समयमा दलहरुबीच सहमति नभएपछि 'राष्ट्रिय सभा सम्बन्धी विधेयक' जस्तो महत्वपूर्ण विधेयक र जनचासोको महत्वपूर्ण विधेयक 'चिकित्सा शिक्षा विधेयक' भने पारित गर्न सकेन।

संविधानको भाग-३३ संक्रमणकालीन व्यवस्थाअन्तर्गत धारा २९६ मा रुपान्तरित व्यवस्थापिका-संसद्को कार्यकाल २०७४ माघ ७ गतेसम्म कायम रहने उल्लेख छ।

सोही धाराको प्रतिबन्धात्मक प्रावधानमा त्यस्तो कार्यकाल पूरा हुनुअगावै संविधानबमोजिमको प्रतिनिधिसभाको निर्वाचन हुने भएमा त्यस्तो निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दाखिला गर्ने अघिल्लो दिनसम्म संसद् कायम रहने प्रावधान उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.