रवीन्द्र मिश्रले नयाँ बानेश्वबाट सुरु गरे चुनावी अभियान

रवीन्द्र मिश्रले नयाँ बानेश्वबाट सुरु गरे चुनावी अभियान

काठमाडौं : मैले १३ असोज २०६७ सालमा पवित्रदेवी रायमाझीको बारेमा मेरो पुस्तक ‘खान पुगोस्, दिन पुगोस्’ मा संग्रहित स्तम्भ निबन्धमा यस्तो लेखेको थिएँ : ‘मेरो एकजना साथीकी आमा छिन्, पवित्रदेवी रायमाझी। उनको दिनचर्या उनको नाम जत्तिकै पवित्र रहन्छ। प्रेम, उदारता, स्वच्छता र भक्तिभाव उनका विशिष्ट गुण हुन्। दिनभरीको प्रत्यक्ष र अप्रत्यक्ष पाप गर्ने अनि साँझ-विहान भगवानको पूजा–अर्चना गरेर त्यसलाई पखान्न खोज्नेहरुको भिडमा पवित्रदेवीको घरमा प्रवेश गर्दा मलाई आफूभित्रका तूषहरू एकैछिनका लागि भएपनि मेटिएको आभाष हुन्छ।

‘व्यवहारीक कल्याण’ या हरेक व्यक्तिले आफ्नो क्षमता अनुसार सकेको कल्याणकारी कामहरु गर्ने संस्कारको विकास गर्न सकियो भने समाज धेरै न्यायपूर्ण र सुसंस्कृत हुनसक्दथ्यो भन्ने मेरो विश्वास रहिआएको छ। त्यसैले व्यवहारिक कल्याण’ का कुरा म मौका पाउने वित्तिकै गरिहाल्छु। गफगाफको सिलसिलामा एकदिन पवित्रदेवीका छोरा तथा मेरा आत्मीय मित्र श्रीरामले मलाई भने, मेरी आमाले दशैंमा आशिर्वाद दिँदा सधैं भन्नु हुन्छ , ‘खान पुगोस्, दिन पुगोस्’ पवित्रदेवीका ती पवित्र चार शब्द मेरो जीवनमा ‘व्यवहारिक कल्याण’ को मेरो विश्वासलाई भत्किन नदिने प्रेरणादायी शब्दका रुपमा अंकित भएका छन्।’

शनिबार उनै पवित्रदेवीको काठमाडौं क्षेत्र नम्बर १ मा पर्ने बानेश्वरस्थित घरमा शुभेच्छुकसँग गएर पत्रकार मिश्रले चुनावी अभियान सुरु गरेका हुन्। चुनावी अभियनमा पुगेका मिश्रलाई आशिर्वाद दिँदै उनले भनिन्, ‘बाबुको सतप्रयास सफल होस्, यो देश राम्रो होस्।’

रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट संघीय प्रतिनिधि सभाको सदस्य निर्वाचित भएको खण्डमा आफूले पाउने तलब सोही क्षेत्रका संघसंस्था र परोपकारी गतिविधिमा खर्च गर्ने घोषणा समेत गरेका छन्। विवेकशील साझा पार्टीका सह संयोजक मिश्र काठमाडौं बाट तराजु चुनाव चिन्ह लिएर चुनावी मैदानमा छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.