राप्रपाका मन्त्रीको सपथ साँझ ७ बजे
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने नवनियुक्त मन्त्रीको सपथ कार्यक्रम साँझ ७ बजे हुने भएको छ । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारको पत्र राष्ट्रपति कार्यालयमा पठाए लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन आयुक्तसँग परामर्श गरेपछि नवनियुक्त मन्त्रीको सपथ कार्यक्रम तय भएको हो ।
राष्ट्रपतिका प्रमुख राजनीतिक सल्लाहकार भेषराज अधिकारीका अनुसार साँझ ७ बजे नवनियुक्त मन्त्रीको सपथ कार्यक्रम तोकिएको हो । शुक्रबार मात्र प्रधानमन्त्री देउवाले राप्रपाका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्रीको जिम्मेवारीसहित चार मन्त्री र चार राज्यमन्त्री नियुक्त गरेका थिए ।