वाम एकता हुँदा कांग्रेस आत्तिनु पर्दैन: प्रचण्ड

वाम एकता हुँदा कांग्रेस आत्तिनु पर्दैन: प्रचण्ड

काठमाडौं: व्यवस्थापिका संसदको अन्तिम बैठकलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले निर्वाचन प्रयोजनका लागि विचार मिल्ने वाम शक्ति एक ठाउँ हुँदा कांग्रेस आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्।

 

१० वर्षदेखि कम्युनिस्टलाई एकतामा ल्याउन पहल गर्दै आएको र त्यही लक्ष्य पूरा गर्ने प्रक्रियामा रहेको प्रष्ट पार्दै उनले कांग्रेसलाई वाम एकतासँग नतर्सिन आग्रह गरेका हुन्। 'वाम गठबन्धन विचारको एकताको प्रयास हो र निर्वाचन प्रयोजनका लागि हुन लागेको एकता हो', प्रचण्डले भने, 'अहिले देशमा राजनीतिक अस्थिरता पैदा गर्ने सरकार ढाल्ने कुनै नियत छैन। मैले सुरुमै पनि कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग भनेको थिए, यो सरकारका विरुद्ध परिलक्षित होइन।'

उनले वाम एकतालाई संविधान भित्र र शान्ति प्रक्रिया भित्रकै कुरा भएको स्पष्ट पारे। उनले कांग्रेससँगको सहकार्यलाई तोड्ने प्रयास वाम एकता नभएको बताए। प्रचण्डले देउवाले आफूलाई विश्वास नगरेको तर आफू सरकार गठनताका भएको सम्झौताविरुद्ध अगाडि नबढेको उल्लेख गरे।

‘हामीले भन्दाभन्दा पनि प्रधानमन्त्रीज्यूलाई विश्वास भएन। मैले सरकार गिराउने खेलका निम्ति होइन। विचारका निम्ति शक्ति एकीकृत गर्ने बाहेक अन्य कुनै लक्ष्य छैन भन्ने कुरालाई पटकपटक प्रष्ट पारेको छु। आज पनि त्यही भन्न चाहन्छु’, प्रचण्डले भने।

प्रचण्डले अन्तराष्ट्रिय समूहलाई समेत आर्थिक समृद्धितर्फ अघि बढ्दै गरेको देशमा भएको राजनीति गठबन्धनलाई अनावश्यक शंका नगर्न आग्रह गरे। उनले वाम एकताले कुनै कम्युनिस्ट शासन नआउने भन्दै हल्लाका पछि नलाग्न सबैलाई आग्रह गरे।

संविधान बन्नुपर्छ भनेर सबैभन्दा बढी बलिदान गरेको पार्टी र नेता भएको नाताले अघिल्लो संविधानसभाबाट संविधान नबन्दा आफू चिन्तित भएको प्रचण्डको भनाइ छ। उनले पहिलो संविधानसभाबाट संविधान नबनेपछि दोस्रो संविधानसभालाई सफल बनाउन हामी सचेत भएको स्पष्ट पारे।

'माओवादीले सम्झौता गरेर जतिप्राप्त हुन्छ त्यही कुरालाई जोड दिएर गतिशिल दस्तावेजको रुपमा संविधानलाई स्वीकार गर्यौँ,' प्रचण्डले भने।

कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्न पाएकोमा कांग्रेसप्रति धन्यवाद दिँदै प्रचण्डले उक्त अवधिमा आफूले सबैका निम्ति काम गरेको दाबी गरे।

‘कांग्रेसको समर्थनमा मैले प्रधानमन्त्री बन्ने अवसर पाएँ। त्यत्तिबेला सम्पूर्ण उत्पीडित जातिको अधिकारका निम्ति लड्ने अवसर थियो। मधेसीका माग सम्बोधन गर्ने प्रक्रियालाई इमान्दारिताका साथ अगाडि बढायौँ,’ उनले भने। सम्बोधनको अन्तिममा प्रचण्डले सबैलाई धन्यवाद दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.