काँग्रेस संसदीय समितिमा पाँच सदस्य थप

काँग्रेस संसदीय समितिमा पाँच सदस्य थप

काठमाडौँ: नेपाली काँग्रेसले केही दिनअघि गठन गरेको संसदीय समितिमा पाँच सदस्य थप गरेको छ। प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले आज संसदीय समितिमा सदस्य थप गर्नुभएको पार्टीका नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए।

समितिमा पार्टीका नेताहरु डा शेखर कोइराला, डा मीनेन्द्र रिजाल, फरमुल्ला मंसुर, एनपी साउद र मीन विश्वकर्मा चयन भएको छ।

यसअघि पार्टीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गरी केन्द्रीय समितिमा सिफारिस गर्न १७ सदस्यीय संसदीय समिति गठन गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.