देउवालाई ओलीको प्रश्न, 'प्रधानमन्त्रीज्यू के मन्त्रीकै जुलुस गर्नुहुन्छ?'
काठमाडौं: व्यवस्थापिका संसदको अन्तिम बैठकलाई सम्बोधन गर्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको चर्को आलोचना गरेका छन्। ५६ मन्त्री हुँदाहुँदै त्यहाँ बिना विभागीय आठ मन्त्री थपेकोप्रति कटाक्ष गर्दै ओलीले प्रधानमन्त्री देउवालाई मन्त्रीकै जुलुस गर्न लागेको हो भन्दै प्रश्न गरेका हुन्।
'सरकारमा ५६ मन्त्री छँदै छन्। अझै किन मन्त्री थप्नु पर्र्यो? के प्रधानमन्त्रीज्यू के मन्त्रीकै लुलुस गर्नुहुन्छ ?', ओलीले प्रश्न गरे।
ओलीले निर्वाचनको मुखमा आचारसंहिता उलंघन गरेकोप्रति समेत गम्भीर सवाल उठाएका छन्। ‘हिजो दिउँसो निर्वाचन आयोगले सर्वदलीय बैठक बोलायो। प्रधानमन्त्रीज्यू पनि हुनुहुन्थ्यो।
त्यहाँ आचारसंहित उलंघन नगर्ने सम्झौतामा हस्ताक्षर गर्नुभयो। त्ययहाँ हामी पनि थियौँ । तर, उहाँले कुदेर आएर आचारसंहिता विपरित आठजना मन्त्री नियुक्त गर्नुभयो' ओलीले भने।
ओलीले गैर कानुनी काम गरेकै कारण ओली शुक्रबार संसद बैठकमा उपस्थित हुँदा छटपटिका साथ उपस्थित भएको समेत बताए।
'उहाँले नयाँ मन्त्री नियुक्त गरेको थाहा पाएपछि मैले उहाँलाई हेरेँ', ओलीले भने, 'गैरकानुनी काम गर्दा उहाँमा छटपटी देखियो। मन्त्री थप्दै हुनुहुन्छ कि क्या हो ? सोधेँ। उहाँले जवाफ दिनु भएन।' ओलीले प्रधानमन्त्रीको यो कदमको विषयमा आफूले राष्ट्रपतिसँग कुराकानी गरेको समेत खुलासा गरे।