विपक्षीले उचाल्यो, राष्ट्रपति उचालिनु भएन : देउवा

विपक्षीले उचाल्यो, राष्ट्रपति उचालिनु भएन : देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तारका विषयमा विपक्षी दलले उचाल्दा समेत राष्ट्रपति नउचालिएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवाद दिएका छन् । शनिबार व्यवस्थापिका संसदको अन्तिम बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले राजा संवैधानिक नहुने तर, राष्ट्रपति संवैधानिक भएको भन्दै उहाँप्रति सम्मान व्यक्त गर्दै धन्यवाद दिएका हुन् ।

शुक्रबार मात्र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट आठ मन्त्री थपेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले चर्को आलोचना गरेपछि त्यसको जवाफ दिने क्रममा देउवाले राष्ट्रपतिलाई धन्यवाद दिएका हुन् । ओलीको प्रश्नमाथि प्रतिप्रश्न गर्दै देउवाले भने, ‘संविधानमा दिएको अधिकार प्रधानमन्त्रीले उपयोग गर्न नपाउने ? यस्ता कुरा विपक्षी नेताले बोल्न मिल्दैन ।’

'राष्ट्रियता, संविधान र प्रजातन्त्रको खिलापमा कांग्रेसले कसैसँग सम्झौता गर्दैन । यो देशका सबैभन्दा बढी देशभक्त हामी हौँ । २ नम्बर चुनाव अघि पनि सरकार घटबढ भएको थियो । त्यो बेला केही बोल्नु भएन अहिले किन बोल्नु पर्यो ? आचारसंहिता उलंघन भयो भन्ने भयो, निर्वाचन आयोगका प्रमुखले फरक पर्दैन भन्नुभयो । राष्ट्रपति उचाल्दा उचालिनु भएन उहाँ संवैधानिक राष्ट्रपति बन्नुभयो । उहाँलाई सम्मान र धन्यवाद छ ।'

‘हिजो संवैधानिक राजा उचाल्दा उचालिन्थे । तर, राष्ट्रपतिज्यू संवैधानिक भएर बस्नुभयो । उहाँ उचाल्दा उचालिनु भएन । यसका लागि उहाँलाई धन्यवाद दिन चाहन्छु’, प्रधानमन्त्री देउवाले भने ।

मन्त्रीको संख्या धेरै भएको र त्यो निर्वाचन आचारसंहिता विपरित भएको भन्दै ओलीले गरेको आलोचनाको जवाफ दिने क्रममा देउवाले उल्टै प्रतिप्रश्न गरेका छन् । देउवाले प्रधानमन्त्रीले संवैधानिक अधिकार उपयोग गर्न किन नपाउने भन्दै प्रतिप्रश्न गरेका हुन् ।

संविधान जारी गरेर रुपान्तरित सांसदको अन्तिम बैठकमा प्रधानमन्त्रीको रुपमा बोल्न पाउँदा आफू हर्षित भएको देउवाले बताए । सँगै सम्बोधनका क्रममा उनले संविधान जारी गर्ने क्रममा रहेका सबैलाई धन्यवाद दिए ।

देउवाले अबको अभियान आर्थिक समृद्धि भएको बताए । विकास र समृद्धिलाई लिएर अगाडि बढ्नुपर्छ भन्दै उनले प्रदेश र प्रतिनिधिसभको निर्वाचनपछि विकासमा देश अघि बढ्ने प्रष्ट पारे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.