संसदको कार्यकालमा महत्वपूर्ण र दूरगामी कामः सभामुख घर्ती

संसदको कार्यकालमा महत्वपूर्ण र दूरगामी कामः सभामुख घर्ती

काठमाडौँ: सभामुख ओनसरी घर्तीले व्यवस्थापिका-संसद्को कार्यकालमा महत्वपूर्ण र दूरगामी प्रभाव पार्ने काम भएको बताएकी छन्।संसद्को आजको अन्तिम बैठकमा सम्बोधन गर्दै उनले संसद्को कार्यकालभरीमा ६६६ दिन बैठक बसेको र यस बीचमा जनताका आवश्यकताका ५६ विधेयक पारित भएको जानकारी गराइन्।

सदनको यस कार्यकालमा दुई प्रधानमन्त्रीको निर्वाचन, बजेट तथा कार्यक्रम प्रस्तुतलगायत महत्वपूर्ण कार्यका साथै जनताको प्रत्यक्ष सरोकार राख्ने मुलुकी र फौजदारी कानुन पारित गर्न सफल भएकामा उनले खुशी व्यक्त गरिन्।

कार्यकालमा सदनका कार्य प्रभावकारी र पारदर्शी बनाउन, संसदको फजुल खर्च कटौती, प्रत्यक्ष प्रसारणलगायत कार्य भएको बताउँदै उनले 'सरकारसँग प्रश्नोत्तर' कार्यक्रम, संसद्को आफ्नो भवन बनाउने, सांसद्का लागि आवास बनाउनेलगायतका कार्य गर्न भने बाँकी रहेको र त्यसले आगामी दिनमा पूर्णता पाउने अपेक्षा गरिन्।

कार्यकाल सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै सभामुख घर्तीले संसद्को अन्तिम बैठक स्थगित भएको घोषणा गरिन्। नयाँ संविधान अनुसार संसदको नयाँ निर्वाचनका लागि आइतबार मनोनयन सुरुहुने भएकाले व्यवस्थापिका-संसदको कार्यावधि शनिबार राति १२:०० बजे अन्त्य हुँदैछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.