‘राष्ट्रपतिलाई उचाल्ने काम भयो'
विपक्षी दलका नेता ओलीका व्यंग्य र प्रश्नले आक्रोशित बनेका प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानअनुसार नै मन्त्री थप गरेको दाबी गरे। ‘संविधानले दिएको अधिकार प्रयोग गर्न पाउनुपर्छ', देउवाले भने, ‘हिजो राजालाई जस्तो राष्ट्रपतिलाई उचाल्नु भएन।'
त्यसअघि एमाले अध्यक्ष ओलीले मन्त्री थप्ने काम आचारसंहिताविपरीत भएको भन्दै आफूले राष्ट्रपतिलाई त्यस विषयमा सोचविचार गर्न सुझाव दिएको कुरा संसद्मा जानकारी गराएका थिए।
‘सम्माननीय राष्ट्रपतिप्रति मेरो उच्च सम्मान छ,' देउवाले भने। मन्त्री संख्या धेरै भयो भनी नआत्तिन देउवाले आग्रह गरे। ‘मन्त्री धेरै भए नभने हुन्छ, ५/७ दिनमा घट्न पनि सक्छ,' देउवाले भने। मन्त्रिपरिषद विस्तारले चुनाव गर्न कुनै फरक नपर्ने कुरा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले बताइसकेको उल्लेख गर्दै देउवाले भने, ‘मेरो राष्ट्रपतिज्यूप्रति उच्च सम्मान, अयोधीप्रति उच्च सम्मान। राष्ट्रपतिज्यू उचालिनुहुने छैन भन्ने विश्वास छ।'
त्यसअघि एमाले अध्यक्ष ओलीले मन्त्री थप्ने काम आचारसंहिताविपरीत भएको भन्दै आफूले राष्ट्रपतिलाई त्यस विषयमा सोचविचार गर्न सुझाव दिएको कुरा संसद्मा जानकारी गराएका थिए।
‘सम्माननीय राष्ट्रपतिप्रति मेरो उच्च सम्मान छ,' देउवाले भने। मन्त्री संख्या धेरै भयो भनी नआत्तिन देउवाले आग्रह गरे। ‘मन्त्री धेरै भए नभने हुन्छ, ५÷७ दिनमा घट्न पनि सक्छ,' देउवाले भने। मन्त्रिपरिषद विस्तारले चुनाव गर्न कुनै फरक नपर्ने कुरा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले बताइसकेको उल्लेख गर्दै देउवाले भने, ‘मेरो राष्ट्रपतिज्यूप्रति उच्च सम्मान, अयोधीप्रति उच्च सम्मान। राष्ट्रपतिज्यू उचालिनुहुने छैन भन्ने विश्वास छ।'