'१० वर्षको प्रयत्‍न पूरा हुन लाग्यो'

    '१० वर्षको प्रयत्‍न पूरा हुन लाग्यो'

 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान बनाउन आफू र आफ्नो दलले निकै त्याग गरेको बताए। ‘अहिले जति उपलब्धि हुन्छ, प्राप्त गरेर जादैँ छौं र बाँकी चिजका लागि संघर्ष गर्दै जाऔं भनेर हामीले अधिकतम सहमति गरेर संविधान बनाएका हौं', दाहालले भने, ‘यो संविधानका धेरै सकारात्मक र प्रगतिशील पक्ष छन्।'

 आफ्नो पार्टी कांग्रेससँग मिल्दा एमाले बेखुसी हुने र एमालेसँग मिल्दा कांग्रेस बेखुसी हुने गरे पनि सबै दलसँग सहकार्य गर्ने र निकास दिने काम गरिएको दाहालले बताए। एमालेसँगको चुनावी तालमेल र पार्टी एकताबारे अनावश्यक आशंका नगर्न दाहालले कांग्रेस र अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरे। ‘नेपालमा त कम्युनिस्ट एकाधिकार शासन आउन लाग्यो भन्ने विचित्रको प्रचार गरियो,' दाहालले भने, ‘हामीले संविधानमार्फत सुधारिएको संसदीय प्रणाली स्वीकार गरिसकेका छौं। शान्तिपूर्ण प्रतिस्पर्धामार्फत विचार मिल्ने शक्ति एकठाउँ हुँदा अरू पार्टी हच्किनुपर्ने कुनै कारण छैन।'

कम्युनिस्ट पार्टी भएका कारका बढीभन्दा बढी कम्युनिस्ट पार्टीलाई एकत्रित गर्नु आफ्नो कर्तव्य भएको उल्लेख गर्दै दाहालले १० वर्षदेखिको प्रयत्न यतिखेर आएर पूरा हुन लागेको बताए। ‘यो एकता सरकार ढाल्ने, बनाउने, अस्थिरता बनाउने कुनै पनि परिलक्षित छैन भनेर प्रधानमन्त्रीलाई मैले भनेको थिएँ', दाहालले भने, ‘तर प्रधानमन्त्रीलाई विश्वास भएन, दुःख लागेको छ।'

शान्तिपूर्ण प्रतिस्पर्धाबाट अघि बढ्न खोजेका बेला अन्तर्राष्ट्रिय समुदायले पनि अनावश्यक आशंका गर्न नहुने दाहालले बताए। राप्रपा अध्यक्ष कमल थापाले संविधान जारीपछि पनि राजनीतिक स्थिरता कायम हुन नसकेको, सानै भए पनि विखण्डनकारी समूह जन्मेको र बाह्य चलखेल बढेको भन्दै दलहरू सचेत हुनुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.