सिफारिस उल्टयाइए कडा प्रतिरोधमा उत्रने चेतावनी

सिफारिस उल्टयाइए कडा प्रतिरोधमा उत्रने चेतावनी

जुम्लाः नेकपा माओवादी केन्द्रबाट प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस गरिएको उम्मेदवारको विवाद चरम मोडमा पुगेपछि उम्मेदवारको टुग्यो अब पार्टी केन्द्रले गर्ने भएको छ। जिल्ला संयोजक वीरबहादुर कुँवरले बैठक नै नबसाली मनोमानी तरिकाले उम्मेदवार सिफारिस गरेको भन्दै नेता कार्यकर्ता तहमा सर्वत्र विरोध भएपछि केन्द्रलाई नै टुंग्याउने जिम्मेवारी दिएको माओवादी केन्द्र जुम्लाले जनाएको छ।

 उम्मेदवार सिफारिस गर्दा जिल्ला कमिटीको बहुमत आवश्यक रहेपनि जिल्ला कमिटीलाई कुनै जानकारी नै नदिई एकल निर्णयबाट नामावली पठाएको भन्दै माओवादी जिल्ला इन्चार्जदेखि पोलिटव्युरो सदस्य समेतले विरोध गरेका छन्। उम्मेदवार सिफारिसको नामावली सिफारिस विवाद समाजिक सञ्चालमा पुगेर पार्टीका नेताहरु नै दुई ध्रुवमा विभाजित भएपछि अब केन्द्रले निर्णय गर्ने भएको हो। संयोजकको निर्णयबाट असन्तुष्ट बनेका नेताहरुले केन्द्रले उक्त सिफारिस खाजेर गरी सबैलाई चित्त बुझाउनुपर्ने माग राखेका छन्।

पार्टी संयोजक वीरबहादुर कुँवरले प्रदेशसभामा प्रत्यक्ष तर्फ र समानुपातिकतर्फ दुवैमा आफ्ना पतिपत्नीको नामा एक नम्बरमा सिफारिस गरेका छन्। केन्द्रमा भने पहिलेदेखि नै गजेन्द्रबहादुर महतको चर्चा चलेकाले खासै विवाद नदेखिएपनि प्रदेशसभामा सिफारिसमा एकलौटी आफ्नो परिवारको नाम सिफारिस भएको भन्दै तिव्र असन्तुष्टी देखिएको हो। पार्टीका पोलिटब्युरो सदस्य तथा पूर्व सांसद नरेश भण्डारीको यसअघि प्रदेश सभामा एक नम्बरमा सिफारिस हुने चर्चा चल्दै आएको थियो। तर उनलाई संयोजक कुँवरले आफूलाई एक नम्बरमा राखेर भण्डारीलाई दोस्रो नम्बरमा सिफारिस गरेको भन्दै असन्तुष्टी बढेको बताइएको छ।

प्रदेशसभामा प्रत्यक्षतर्फ क्षेत्र नम्बर एकबाट संयोजक कुँवरले आफ्नो नाम एक नम्बर र वर्तमान पशुपंक्षी विकास राज्य मन्त्री तथा पत्नी गोमा कुँवरलाई सिफारिस गरेपछि पार्टीलाई परिवारभित्र केन्द्रीत गर्न खोजेको भन्दै नेताहरु दुई ध्रुवमा विभाजित भएका हुन्। सिफारिस सार्वजनिक भएलगतै पार्टीका जिल्ला इन्चार्ज नमराज न्यौपानेले विज्ञप्ती जारी गरी उक्त नामावली पार्टीको बैठकबाट नभई संयोजकको एकल निर्णयबाट भएको भन्दै आधिकारिक नभएको स्पष्ट पारेका थिए। तर सामाजिक सञ्जालमा संयोजक कुँवरले गाउँपालिका अध्यक्षको उम्मेदवार बनेको बेला आफुले टिकट दिलाएको भन्दै आफ्नो हैसियतमा बस्न चेताएका थिए।

अन्नपूर्णसँग कुरा गर्दै इन्चार्ज विमुखले भने, ‘इन्चार्जलाई कोही संयोजकले टिकट दिनसक्छ त्यो त पार्टीको बहुमत निर्णयबाट भएको हो, यस्ता कुतर्क गरेर आफ्नो गतल कामबाट उम्कन पाइदैँन। उहाँले जिल्ला कमिटीको बैठकबाट निर्णय भएको भन्दै झुटा कुरा उल्लेख गर्नुभएको छ।' केन्द्रीय कमिटीले हालको सिफारिस खारेज गरी सबैलाई सुहाउने तरिकाबाट उम्मेदवार छनौट गर्नुपर्ने बताएका छन्। निर्णय नसच्याइए त्यसको कडा प्रतिकार गर्ने चेतावनी समेत दिएका छन्।

यता जिल्ला संयोजक कुँवरले जिल्ला कमीटीको बहुमत निर्णयबाट नै उम्मेदवार सिफारिस गरिएको दाबी गरेका छन्। चारदिनसम्म राजधानीमा बैठक बोलाउँदा नआएपछि आफुले पार्टीमा योगदानका आधारमा उम्मेदवार सिफारिस गरेको जिकिर गरे। ‘हामीले सही व्यक्तिलाई नै छनौट गरी पठाएका छौं। जिल्लाको निर्णयलाई केन्द्रले मान्नुपर्ने हुन्छ।' सिफारिसविरुद्ध विज्ञप्ती निकाल्ने जिल्ला इन्चार्जलाई संयोजक कुँवरले पार्टीको निर्णयमा गाउँपालिका अध्यक्षको हैसियत नभएको समेत बताएका छन्। ‘उम्मेदवार सिफारिस पार्टीको विषय हो। गाउँपालिका अध्यक्षले विज्ञप्ती निकाल्ने उहाँको हैसियत के हो विर्सनु भएको होला सायद।' निर्णय सच्याइए आफुहरु पार्टीकोविरुद्ध विद्रोहमा जाने समेत चेतावनी दिएका छन्।

यता प्रदेश सभाका लागि क्षेत्र नम्बर एकबाट दावेदार मानिएका नरेश भण्डारीले जिल्ला संयोजकले केटौलेपन देखाएले केन्द्रले नै आवश्यक निर्णय गर्नुपर्ने बताए। उनले जनताको भावना र मर्म विपरित पारिवारिक नाम उम्मेदवारमा सिफारिस गरिएकाले केन्द्रले यही सिफारिस नसच्याए कुनैपनि हालतमा मान्य नहुने जिकिर गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.