पूर्व उपसभामुख यादव एमालेमा
काठमाडौं : पूर्व उपसभामुख गंगाप्रसाद यादव नेकपा (एमाले) मा प्रवेश गरेका छन् । आइतबार एमालेका अध्यक्ष केपी शर्मा ओली निवास वालकोटमा कार्यक्रममा यादव एमाले प्रवेश गरेका हुन् । यादवलाई अध्यक्ष ओली, महासचिव इश्वर पोखरेल, एमाले संसदीय दलका नेता सुवास नेम्वाङलगायत शीर्ष नेताले खादा तथा टिका लगाएर एमालेमा प्रवेश गराएका थिए ।
आफू कक्षा १० मा अध्ययनरत रहँदादेखि नै कम्युनिष्ट भएको भन्दै यादवले लामो समयपछि एमाले प्रवेश गर्न पाएकोमा खुसी व्यक्त गरे ।
उनले एमाले प्रवेश गर्दा कमल थापाले नेतृत्व गरेको राप्रपाको आलोचना गरे। ओली नेतृत्वको सरकारले गरेको काम र हिमाल पहाड तराईलाई जोडने ओलीको सोचका कारण उनले एमाले प्रवेश गरेको बताए ।उनले एमाले अध्यक्ष ओली राष्ट्रप्रेमी र विकासवादी भएको बताए ।मधेशको हितमा काम पनि एमालेले मात्रै गरेको उनको भनाई थियो ।
सोही अवसरमा बिप्लव नेतृत्वको नेकपा माओवादीका केन्द्रीय सदस्य दलबहादुर बस्नेत पनि एमाले प्रवेश गरेका थिए ।