अखण्ड नेपाल कांग्रेसमा बिलय
काठमाण्डौं: कुमार खड्का नेतृत्वको अखण्ड नेपाल पार्टी नेपाली कांग्रेसमा बिलय भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार एक कार्यक्रमका बीच अखण्ड नेपाल कांग्रेससंग मिलेको हो।
पार्टी अध्यक्ष खड्कासहितका नेताहरुलार्इ कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौलाले स्वागत गरेका थिए। लोकतान्त्रिक शक्तिहरुलार्इ मजबुत बनाउन कांग्रेससंग मिसिएको खड्काले प्रतिक्रिया दिए।