नायिकामाथि यौनशोषण गरेको खुलासा
एजेन्सी : हलिउडको अभिनेत्री एन्जेलिना जोली र ग्विनिथ पाल्टोले निर्देशक हार्वे विंस्टिनविरुद्ध यौनशोषण गरेको खुलासा गरेपछि यसले अहिले हलिउडमा तरंग ल्याएको छ । हलिउडमात्रै होइन बलिउडमा समेत हार्वेको यो कुदृष्टि पुगेको छ । पूर्वविश्वसुन्दरी एवं बलिउड अभिनेत्री ऐश्वर्या रायले समेत हार्वे विंस्टिनले आफूलाई एक्लै भेट्न फोर्स गरेको बताएकी छन् ।
ऐश्वर्याका म्यानेजर सिमोन सेफिल्डलाई ऐश्वर्यासँग एक्लै भेटन दबाब दिए पनि त्यो सम्भव नभएको सिमोनले समेत खुलासा गरेका छन् । ऐश्वर्यासाथ भेटाइदिन अस्वीकार गरेपछि ती निर्देशकले सिमोनलाई धम्कीसमेत दिएको बताइएको छ । निर्देशक हार्वेका यी क्रियाकलाप र सोचविरुद्ध बलिउड, हलिउडमात्रै हैन अन्तर्राष्ट्रिय राजनीतिज्ञहरूले पनि विरोध गरेका छन् । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले उनीविरुद्ध असन्तुष्टि व्यक्त गर्दै, महिलाको पूर्णरूपमा सुरक्षा हुनुपर्ने विचार व्यक्त गरेका छन् ।
हार्वे अमेरिकाको न्युयोर्कमा बस्छन् । पढाइ पूरा गरेपछि आफ्ना भाइहरूसँग मिलेर ७० को दशकमा उनले रक कन्सर्ट सुरु गरेका थिए । त्यसपछि ‘मिराम्याक्स’ नामक प्रोडक्सन कम्पनी स्थापना गरे । सो कम्पनीबाट उनले धेरै विश्वविख्यात स्टारलाई लिएर चलचित्र निर्माण गरेका थिए।
उनका चलचित्र हिट हुन थालेपछि हलिउडमा उनको प्रभाव र मान पनि बढेको थियो । त्यसताक हलिउडका चर्चित नायिकाहरूलाई काम गर्ने अवसर दिए पनि कुदुष्टि लगाउने, यौनसम्बन्धका लागि प्रस्ताव गर्ने गरेको आरोप सेलिब्रेटी नायिकाहरूले लगाएका हुन् ।