नुवाकोटमा दुईवटै निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा

नुवाकोटमा दुईवटै निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा

नुवाकोट : आगामी मंसिर १० गते तय भएको प्रदेश तथा संसदीय निर्वाचनका लागि नुवाकोटमा दुई वटै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । पहिलो चरणमा निर्वाचन सम्पन्न हुने ३२ जिल्लामध्ये २ वटा निर्वाचन क्षेत्र कायम भएको नुवाकोटको विदुरमा आइतबार दुइवटै क्षेत्रका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

 कोष तथा लेखा नियन्त्रण कार्यालयको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सदरमुकाम विदुर समेटिएको २ नं. निर्वाचन क्षेत्रको कार्यालयमा जिल्ला न्यायाधीश लोकजंग शाह मुख्य निर्वाचन अधिकृतको रुपमा रहेका छन् । सो कार्यालयकोे शुभारम्भ गर्दै शाहले एकै दिन तय भएको प्रदेश र संसदीय निर्वाचनको आचारसंहिता पालना गराउन आफु क्रियाशील रहने बताए ।

शाहले गत वैशाख ३१ गते नुवाकोटमा स्थानीय तहको निर्वाचनमासमेत मुख्य निर्वाचन अधिकृतको भुमिका निभाएका थिए । कार्यालयको स्थापनासँगै निर्वाचन सम्बन्धी कामकाज सुरु भएको मुख्य निर्वाचन अधिकृत शाहको भनाई छ ।

आगामी कार्तिक ५ गते दुबै निर्वाचन अधिकृतको कार्यालयमा प्रदेश तथा संसदीय निर्वाचनमा उठ्ने उम्मेदवारहरुको मनोनयन पत्र दर्ता गरिने कार्यक्रम तय भएको छ । प्रतिनिधिसभाका लागि दुई वटा निर्वाचन क्षेत्र रहेको नुवाकोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नं. २ र सो क्षेत्र अन्तरगत प्रदेश निर्वाचन तर्फको क्षेत्र नं. १ र २ को निर्वाचन सञ्चालन गर्ने गरि कार्यालय स्थापना भएको हो ।

प्रतिनिनिसभा क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालय पनि डिभिजन सहकारी कार्यालयको भवन विदुरमा स्थापना गरिएको छ । क्षेत्र नं. १ को कार्यालयले सो क्षेत्र र अन्तरगतका प्रदेश तर्फको क्षेत्र नं. १ र २ को पनि निर्वाचन सञ्चालन गर्ने जिम्वेवारी रहेको निर्वाचन अधिकृत गोपाल लामिछानेले जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न पदका लागि १८ जना र निर्वाचन अधिकृतको कार्यालयका लागि १६ जना कर्मचारी आवश्यक पर्ने र यसको तयारी सुरु भएको मुख्य निर्वाचन अधिकृत शाहले जानकारी दिए । निर्वाचन सम्पन्न गराउन एकहजार ६ सय कर्मचारी आवश्यक पर्ने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.