वाम एकताले भौगोलिक ध्रुवीकरणको खतरा : खड्का

वाम एकताले भौगोलिक ध्रुवीकरणको खतरा : खड्का

उदयपुर :  नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व शहरी विकास मन्त्री डा नारायण खड्काले पछिल्लो समय नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रबीच भएको वाम गठबन्धनले भौगोलिक ध्रुवीकरण बढ्न सक्ने खतरा भएको बताएका छन् ।

 

आज नेपाल प्रेस युनियन उदयपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा खड्काले एमाले र माओवादी गठबन्धनले आसन्न निर्वाचनलाई नै असहज वातावरण सिर्जना गरेको बताए।

माओवादी केन्द्र सरकारमा पनि रहने र प्रतिपक्षमा रहेको दलसँग पनि गठबन्धन गर्नाले निर्वाचनलाई असहजता सिर्जना गराउने वातावरण बन्ने बताए। उनले माओवादी केन्द्रको सरकारमा पनि रहने र प्रतिपक्षसँग पनि गठबन्धन गर्ने दोहोरो चरित्र स्वीकार्यता नहुने बताए ।

डा खड्काले वाम गठबन्धनले छिमेकी मुलुकसँगको सन्तुलन खलबलिने खतरा रहेको बताए । खड्काले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना मन्त्रीलाई नैतिकरुपमा सरकारबाट फिर्ता बोलाउनु पर्नेमा जोड दिए ।

संविधानसभाको निर्वाचन २०६४ र २०७० सालमा उदयपुरबाट निर्वाचित डा खड्का आगामी प्रतिनिधिसभाको निर्वाचनमा उदयपुर क्षेत्र नं १ बाट आफू उम्मेदवारी बन्ने सम्भावना बढेको समेत बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.