'सत्तामा बसेर प्रतिपक्षसंग गठबन्धन गर्नु अस्वभाविक'

'सत्तामा बसेर प्रतिपक्षसंग गठबन्धन गर्नु अस्वभाविक'

विराटनगर: संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्तामा बसेर प्रतिपक्षसँग गठबन्धन गर्नु स्वभाविक नभएको टिप्पणि गरेका छन्।

विराटनगर विमानस्थलमा सोमबार बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने,“नेकपा (माओवादी केन्द्र) सत्तामा बसेर प्रतिपक्षसँग गठबन्धन गर्नु नैतिकताले दिँदैन ।” उनले चुनावको मुखमा सरकार विस्तार गरिनु गलत भएको बताए।

नेपाली कांग्रेसको नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा बस्ने इच्छा नरहेको अध्यक्ष यादवले स्पष्ट पारे। उनले भने, 'गठबन्धनसँग सिटको तालमेल हुने सम्भावना छ, आपसी समझदारीमा सो पार्टीसँग सिटको तालमेल हुन सक्छ।'

उनले लोकतान्त्रिक गठबन्धनमा बस्नका लागि राजनीतिको मूल मुद्दामा सहमति हुनुपर्ने नत्र अवसरवादीको संज्ञा दिइने उल्लेख गरे।

आफ्नो दलले मधेशको दुई तिहाइ सिटमा जित हासिल गर्ने दाबी गर्दै उनले प्रदेश नं २ मा सरकार बनाउने दाबीसमेत गरे। फोरमका अध्यक्ष यादवले आफू मोरङ वा अन्य कुन जिल्लाबाट चुनावमा उठ्ने विषयमा निर्णय नगरेको र केही दिनमै सो निर्णय गरिने जानकारी गराए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.